Hamro Sanchar

भोल्टेज असन्तुलनले जाजरकोटमा अघोषित लोडसेडिङ

बद्री पन्त प्रकाशित : २०७८/१०/१८ गते
जाजरकोट

लामो समयदेखि जाजरकोटमा अनियमित लोडसेडिङ हुन थालेपछि उपभोक्ता सास्ती भोग्न बाध्य भएका छन् । छिनमै आउने र जाने बत्तीका कारण उपभोक्ता आर्जित बनेका हुन् ।

भोल्टेजमा असन्तुलन हुँदा सानो काममा पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । पाँच बर्ष अघि नेपाल विद्युत् प्राधिकरणले जाजरकोट जिल्लामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो । असन्तुलित भोल्टेजका कारण पटक–पटक बिजुली अनियमित हुदा उद्योग व्यवसायमा समस्या सन्चालनमा समस्या भएको खलंगाका फर्निचर व्यवसायी धिरेन्द्र पुनको भनाइ छ । छिन–छिमा बत्ती जानेआउने गर्दाे हुन्छ, पुनको भनाइ छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् आए सजिलो हुने सोचे पनि झन् दुःख पाइरहेको भेरी नगरपालिका ४ का वडा अध्यक्ष खम्बजंग शाहले बताए । बिजुलीले सुविधाभन्दा बढी सास्ती दिएको छ । आउनेजाने ठेगानै हुँदैन, आए पनि मधुरो बत्ती बल्छ, शाहले भने ।

जाजरकोट वितरण केन्द्रका प्रमुख अभिशेक राज कलवार विद्युतको प्राविधिक समस्याको कारण अनियमित भएको र अहिले सुधारको काम गरिएको बताउछन । कुदु सवस्टेसनमा रुकुम र जाजरकोटको विद्युत लाइन छुटट्याइएको, खलंगा भेलहालेमा थप टान्सफरमर राखिएको तथा तारमा लागेका रुख तथा झारपातहरु कटान गरिएको छ, उनको भनाइ छ ।

अनियमित लोडसेडिङले स्थानीय हैरान मात्र छैनन् सरकारी सेवा प्रवाह, बैङ्गिक सेवा, पुर्वाधार निर्माण, उद्योग व्यवसाय संचालन लगाएतमा बाधा पुगेको छ ।

प्रतिकृया दिनुहोस्