Hamro Sanchar

भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित

बद्री पन्त प्रकाशित : २०७८/१०/१८ गते
जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट २१ जना कर्मचारी सङ्क्रमित भएपछि माघ १८ गतेसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको नगरपापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताएका छन् ।

एकै पटक धेरै कर्मचारी संक्रमित भएको र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्न सक्ने भएकाले पाँच दनिसम्मको लागि सेवा बन्द गरिएको हो । स्वास्थ्य तथा एम्बुलेन्स, शव वहान सेवा भने, बन्द सन्चनलनमा रहने जनाइएको छ ।

भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञप्रसाद गौतमले कोरोना संक्रमण धेरै बढेको बताएका छन । भेरीको नगर स्वास्थ्य शाखा, कुदु, पुन्मा र भुर स्वास्थ्य थौकीमा चेकजाँचसँगै एन्टिजेन परीक्षण भइरहेको गौतमको भनाइ छ ।

जाजरकोटमा केही दिनयता कोरोनाका बिरामी घरघरमा थला परेका छन । चेकजाँच गराउनेहरूमा ५० प्रतिशत बढीमा संक्रमण देखा पर्ने गरेको छ । संक्रमण पुष्टि भएकाहरू घरमै होम आइसोलेसनमै बस्ने गरेका छन । केहि महिना कोरोना संक्रमित शून्य रहेको जाजरकोटमा कोरोनाको तेस्रो लहर फैलिएपछि कोरोना संक्रमण दर बढेको छ । अहिले मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेका छन । जिल्लामा सक्रिय संक्रमित एक सय बढी पुगेका छन ।

प्रतिकृया दिनुहोस्