Hamro Sanchar

चलचित्रकर्मी रोशन बिसी नेकपा एमाले परित्याग गरेर नकपा (माओवादी केन्द्र) मा प्रवेश

बिसीसंगै १४ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१०/२७ गते
जाजरकोट

चलचित्रकर्मी रोश बिसीले नेकपा एमाले पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) नलगाड नगरपालिकाको ७ नम्बर वडा कमिटीले बुधबार मन्मैमा आयोजना गरेको एक कार्यक्रममा चलचित्रकर्मी रोशन बिसी लगाएत ८ जनाले नेकपा एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने, ६ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको नलगाड नगरकमिटी सदस्य रहेका चलचित्रकर्मी बिसीले नेकपा एमाले पार्टीबाट जनताले अपेक्षा गरे अनुसारको परिवर्तन सम्भव नभएको बताउदै आफु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको भनाई राखेका थिए । बिसीसंगै नेकपा एमाले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेकपा एमालेको वडा कमिटी सदस्य बल बहादुर बिक, सुदिप बिक, बिरेन्द्र सुनार, नरेन्द्र सुनार, बुद्धि बहादुर बिक, बिपना पुन र बेउरुपी बिक रहेका छन् । त्यसैगरी नेपाली कांग्रेस पार्टीको ६ जना वडा कमिटी सदस्यले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पार्टी परित्याग गर्नेहरुमा डिल बहादुर बादी, कमल बादी, केदार बादी, सुर्य बादी, राम बहादुर बादी र सुरेश बादी रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा पुर्ब जनमुक्ति सेना नेपालबाट नेपाली सेनामा समायोजन भएर रिटायर भैसकेका उज्ज्वल खनाललाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश कमिटी सदस्य तथा नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावल रहेका थिए भने, अन्य अतिथिहरुमा प्रदेश कमिटी सदस्य डम्बर बहादुर रावत, प्रदेश कमिटी सदस्य ईन्द्रप्रसाद शर्मा, राममाया हमाल, नगर कमिटी अध्यक्ष गणेश सिंह, उपाध्यक्ष अमृत वली, बालकुमारी बस्नेत, प्रेससेन्टर नेपाल जाजरकोट अध्यक्ष लोकेन्द्र बिक्रम शाही लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

चलचित्रकर्मी बिसीले लामो समयदेखि फिल्मी निर्माताको काम गर्दै आएका थिए । उनले निर्माण गरेका चलचित्रहरु अपार माया, यो मनले रोजे तिमीलाई,जीवन फुलको काडा, मायाको मौसम, फेसबुक लभ, रिभेन्च, फिदा जस्ता थुप्रै फिल्म निर्माण गरिसकेका छन । झण्डै १५ बर्ष फिल्मी क्षेत्रमा काम गरिसकेका रोशन २१ बर्षको समय नेकपा एमालेको संगठित सदस्य भएर बिताएका थिए ।

प्रतिकृया दिनुहोस्