News Portal

पानी परेपछि किसान हर्षित

५३३ पटक

लामो समयपछि पानी परेपछि जाजरकोटका किसानहरु हर्षित भएका छन । गत असोज महिनादेखि खडेरी परेका कारण जिल्लामा हिउँदे खेती प्रभावित भएको थियो । पानी नपरेपछि खानेपानीका मुहान तथा नदी तथा खोलानाला सुकेका थिए ।

खेती लगाउने समयमा बर्षा भएपछि स्थानीयलाई खेतीपातीको चटारो सुरु भएको नलगाड नगरपालिका–४ का गोविन्द वलीले बताए । पानी परेपछि स्थानीयलाई मकै, पाखेधान, कोदो लगाउन सहज भएको छ । बाँझै रहेको खेतबारी यतिबेला जोतखन गर्न सहज भएको छ । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौ जस्ता बालीनाली प्रभावित भएको थियो । गत असोजको अन्तिम सातादेखि पानी नपरेपछि खेतबारी बाँझै रहेका छन भने, लगाएको खेतीबाली सुकेको थियो ।

खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा वर्षात् भएपछि बाली लगाउन धेरै सहज भएको कृषि शाखा बारेकोटका प्रमुख ऐनबहादुर कार्कीले बताका छन ।

जिल्लाको कूल क्षेत्रफल २ लाख २२ हजार २ सय ८१ हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन २५ हजार ८४ हेक्टर रहेको छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने क्षेत्र कमै छ । पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहँुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरो, फलफुलको उत्पादनमा कमि आएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्