Hamro Sanchar

अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री शाहको शव शिवालयमा अन्त्यष्टी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/१ गते
जाजरकोट

अन्तिम श्रद्धान्जली सहित पूर्वसहायकमन्त्री तेज विक्रम शाहको शव शिवालयमा अन्त्यष्टी गरिएको छ । आईतबार बिहान १० बजेतिर शाहको निवास माथिल्लो थाप्लेमा पार्थीप शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो ।

विक्रम सम्बत १९८७ साल जन्मिएका पूर्वआपुर्ति सहायकमन्त्री शाहको सनिवार नेपालगञ्ज स्थित भेरी अस्पतालमा दिउसो साडी ४ बजे निधन भएको थियो । अन्त्यष्टीको लागि शाहको शब राति ३ बजे खलंगा पुर्याएको थियो । शाहको पार्थीप शरिरमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले राष्ट्रिय झण्डा ओराएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । ९१ बर्षको उमेरमा निधन भएका पूर्वसहायकमन्त्री शाहको अन्त्यष्टीका लागि शिवालय लिनेक्रममा माथिल्लो थाप्लेदेखि सिटिजन बैंक हुदै तल्लोथाप्लेसम्म शव यात्रा गरिएको थियो । उक्त शब यात्रामा उल्लेखिए सहभागीता रहेको थियो ।

पूर्वसहायकमन्त्री शाहको शव तल्लो थाप्लेदेखि शिवालयसम्म शबवहानमा लगिएको थियो । विभिन्न यातायातका साधनहरु प्रयोग गरेर शाहको शा अन्त्यष्टीको लागि सदरमुकामबासी सबै शिवालय पुगेका थिए ।

यस्तो छ पूर्वसहायक मन्त्री शाहको छोटो राजनैतिक जीवनी
पूर्वसहायकमन्त्री शाह जाजरकोट जिल्लाको सफल रानितिक व्यक्तिमा स्थापित थिए । २०२६ सालबाट सक्रिय राजनितिमा प्रवेश गरेका पूर्वसहायकमन्त्री शाहले २०२६ सालमा तत्कालिन खलंगा गाउँ प्रधानपञ्चको निर्वाचनमा विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा विजय हासिल गरेतापनि तत्कालिन जिल्ला पञ्चायत सभापतिले सपथग्रहण नगराएपछि शाहले गाउँपञ्चायतको जिम्मेवारी समाल्न पाएका थिएनन् ।

२०२७ सालमा आफ्नो मतदाता नामावली तत्कालिन साँकिय गाउँ पञ्चायतको कोर्ताङमा सारेका शाहले २०३० सालमा कोर्ताङबाट वडा सदस्यको निर्वाचनमा विजय हासिलगरी तत्कालिन जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भएका थिए । २०३३ सालमा सम्पन्न भएको जिल्ला पञ्चायत सभापतिको निर्वाचनमा शाहले विजय हासिल गरेका थिए । २०३७ सालमा तत्कालिन श्री ५ को सरकारले जिल्ला पञ्चायत विघटन गरेपछि शाह सभापति पदबाट पदमुक्त भएका थिए । सभापतिको पदमुक्त भएपछि शाह काठमाडौं पुगेर तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाको कोट च्यातेका थिए भने, काठमाडौंको होटल क्रिष्टलमा पत्रकार सम्मेलनगरी सुर्य बहादुर थापालाई दोस्रो जंग बहादुरको संज्ञा दिएका थिए । तत्कालिन अबस्थामा शाहले प्रधानमन्त्रीको कोट च्यात्नुको साथै दोस्रो जंग बहादुरको संज्ञा दिएको घटनाले राष्ट्रिय स्तरमै निकै चर्चा पाएको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । हालका जनप्रतिनीधिलाई कुनै कार्यालयमा कार्यरत खरिदार र सुब्बाले नटेरीरहेको अबस्था विद्यमान छ राजेन्द्र विक्रम शाहले भने–‘श्री ५ को सरकारको पालामा प्रधानमन्त्रीको कोट च्यात्न सक्ने आँट, अदम्य सहास राख्नु राजनितिमा चानचुने कुरा थिएन ।’

२०३८ सालमा सम्पन्न निर्वाचनमा धाँदलीपूर्ण भएको हुदा शाहले राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा पराजय भोग्नु परेतापनि २०३९ सालमा सम्पन्न निर्वाचनमा जिल्ला पञ्चायत सभापति पदमा अत्याधिक मत ल्याएर विजय हासिल गरेका थिए । २०४३ सालमा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यमा विजय हासिल गरेका शाह २०४५ सालमा आपुर्ति सहायकमन्त्री बन्न सफल भएका थिए ।

२०४६ सालको जनआन्दोलन पश्चात देशमा भएको राजनैतिक परिवर्तनपछि पनि शाह राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सक्रिय राजनिति गरेका थिए । २०४८ सालमा सम्पन्न भएको संसदिय निर्वाचनमा ६०० को मतान्तरले नेपाली कांग्रेसका तत्कालिन उमेरदवार द्धवारिका प्रसाद प्रधानसंग प्राजित शाह २०५१ मा सम्पन्न मध्यावधी निर्वाचनमा नेपाली कांग्रेसकै झलकनाथ वाग्लेसंग प्राजित भएका थिए । २०५६ सालमा सम्पन्न भएको संसदिय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उमेरदवार शाहले आफ्नो छोरा गोविन्द विक्रम शाहलाई अगाडी सारेर सफलता हात पारेका थिए ।

आजीवन राजनितिमै सक्रिय रहेका शाह जाजरकोट जिल्लाका सफल राजनिज्ञमा पर्दछन । जाजरकोटी जनताको तत्कालिन आवश्यकताहरु परिपूर्ति गर्न सधैभरी लागि पर्दै आएका शाह जनताको गरीबी र पीडामा अनवरत रुपमा लागिपर्ने नेताका रुपमा परिचित थिए ।

आफ्नै घरमा एक बर्षसम्म गुरु राखेर औपचारिक शिक्षा हासिल गरेका शाहले जिल्लाको शैक्षिक विकासमा बिशेष योगदान गरेका छन् । तत्कालिन अबस्थामा जिल्लाका बिभिन्न ठाउँमा विद्यालयहरु संचालनमा ल्याउनमा शाहको बिशेष हात रहेको छ । हालको भेरी नगरपालिका–१ पिपे र छेडागाड नगरपालिकाको पजारुमा रहेका उक्त दुई वटा विद्यालयको नाम शाहले आफ्नो श्रीमति बागेश्वरी शाहको नाममा राखेको बताईन्छ । जनताको हित र भलाईमा तत्कालिन शासक–प्रशासकसंग अनवरत रुपमा संघर्ष गर्नु नै शाहको मुख्य विशेषता र चरित्र रहेको थियो ।

शाहकी एक श्रीमति र दुई छोरा छन् । श्रीमति बागेश्वरी शाह हुन भने, जेठा छोरा गोविन्द विक्रम शाह हुन् । कान्छा छोरा कृष्ण विक्रम शाह हुन् ।

प्रतिकृया दिनुहोस्