Hamro Sanchar

छेडागाडका बालबालिकाहरु सवाल पहिचान गर्दै

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१० गते
जाजरकोट

छेडागाड नगरपालिकाका १३ वटै वडाका बाल बालिकाहरुले यतिवेला बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिरहेका छन् । नगरस्तरीय योजना तर्जुमा गोष्ठीमा बाल अधिकार सम्बन्धिका योजनाहरुलाई समाबेश गर्न छेडागाडका सबै वडाका बालबालिकाहरुले बाल अधिकार सम्बन्धिका सावलहरु पहिचान गरेका हुन् ।

वडा कार्यालयसंगको समन्वय, स्तरीय बाल क्लब तथा सञ्जालहरुको आयोजनामा सेभ द चिल्डे«न र पाँचतारा युबा संरक्षक मञ्च, जाजरकोटको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजनाको सहजीकरणमा छेडागाडका बालबालिकाहरुले सवाल पहिचान गरेको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका परियोजना व्यबस्थापक ईन्द्र विश्वकर्माले जानकारी दिए । व्यवस्थापक विश्वकर्माले दिएको जानकारी अनुसार वडा स्तरीय बाल भेलाहरु सम्पन्न गरेर बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिएको छ ।

वडास्तरीय बाल भेलाबाट पहिचान गरिएका प्रमुख सवालहरुमा अझै पनि समाजमा बढ्दो क्रममा रहेको बाल बिबाहलाई न्यूनीकरण गर्नुपर्नेमा बालबालिकाहरुले जोड दिएका छन् । त्यसैगरी बाल श्रमलाई न्युनिकरण गर्नु पर्ने, बिद्यालय भन्दा बाहिर रहेका बाल बालिकाहरुलाई बिद्यालयको पहुँचमा ल्याउनुपर्ने, बिद्यालय शिक्षालाई निरन्तरता दिन नसकेर बिचमै विद्यालय छोड्ने बाल बालिकाहरुको नियमित बिद्यालय उपस्थितिमा जोड दिनुपर्ने, अपाङ्गता भएका बालबालिकाका विभिन्न आबश्यकताहरु पुर्ति गर्नुपर्ने, अति जोखिममा रहेका बालबालिकाका विभिन्न आबश्यकताहरु पूर्ति गर्नुपर्ने, गरिबी र बिपन्नताले बिद्यालय छोड्न बाध्य हुने बालबालिकाका विभिन्न आबश्यकताहरुलाई पूर्ति गर्नुपर्ने जस्ता सवालहरुलाई पहिचान गरिएको छ ।

बालबालिकाहरु आफैले भोगेका समस्याहरुलाई न्युनिकरण गर्न तथा समाधान गर्न बिभिन्न कृयाकलापहरु संचालन गर्न नगरपालिकासंग माग गर्ने उद्देश्यले वडा स्तरीय बाल भेलाबाट बाल अधिकार सम्बन्धिका सवालहरु पहिचान गरिएको छ । स्थानीय तहको योजना तर्जुमाका लागि नेपाल सरकारले जारी गरेका चरणहरुमा बालबालिकाहरुले आफ्ना मागहरु पेश गर्न वडा स्तरीय बालबालिकाको भेलाले बालमैत्री बिधिबाट बाल अधिकारका सवालहरु पहिचाहन गरिएको व्यबस्थापक विश्वकर्माको भनाई रहेको छ ।

पहिचान गरिएका सवालहरुलाई सम्बोधन गर्न आबश्यक पर्ने बिभिन्न क्रियाकलापहरुको कार्ययोजना सहित वडा हुदै पालिका स्तरमा पेश गर्ने बालबालिकाहरुको योजना रहेको छ । यो भन्दा अगाडी बालबालिकाका सवालहरुमा नगरपालिकाले खासै ध्यान नदिएको बालबालिकाहरुले गुनासो गरेका छन् ।

बालबालिका आफैले पहिचाहन गरेका सवालहरुलाई सम्बोधन गर्न नगरपालिसंग मागहरु राख्न बालबालिका आफै जुटेका छन् । टोल तथा बस्ती स्तरबाट योजना छनौटको बेलामा बालबालिकाले पहिचान गरेका सवालहरुलाई सम्बोधन गर्न सक्ने कार्यक्रमहरुको माग गर्ने बालबालिकाहरुको तयारी रहेको छ । जसको नेतृत्व वडा स्तरीय बाल क्लब तथा सञ्जालले गरी रहेका छन् ।

प्रतिकृया दिनुहोस्