Hamro Sanchar

समृद्धीको लयमा नलगाडः हिजो, आज र भोली

ईन्द्रप्रसाद शर्मा (प्रशान्त) प्रकाशित : २०७८/११/४ गते
जाजरकोट

सामान्य परिचय:
संघीयता कार्यान्वयनको सिलसिलामा विक्रम सम्बत २०७३ सालमा नलगाड नगरपालिकाले आफ्नो आकार तय ग¥यो । साबिक रग्दा, भगवती, खगेनकोट, डाडागाउ र लह गाविसलाई एकीकृत गरी नलगाड नगरपालिका निर्माण भयको छ । यस पालिकामा १३ वटा वडा रहेका छन । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार २५ हजार ५९७ जनसख्या रहेको नगरपालिकाको कुल क्षेत्रफल ३८७ दशमलब ४४ वर्ग किलोमिटर रहेको छ । यस पालिकामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५४२७ घरधुरी रहेका छन भने, २८ हजार ८५८ जनसख्या रहेको (बिवादित) छ । आत्मनिर्भरताको लागि यस नगरपालिका हावापानीका हिसाबले अति उत्तम मानिन्छ । वार्षिक औसत तापक्रम २३ डिग्री सेल्सियसदेखि ४० डिग्री सेल्सियससम्म रहेको छ भने, औषत बर्षा १ हजार ८७७ मिली टिटर रहेको छ ।

दक्षिणमा ठुलो भेरी, बिचमा नलगाड नदी रहेको पालिका विभिन्न स–साना जलाधार तथा जलश्रोतले सम्पन्न छ । विभिन्न लोप उन्मुख बन्यजन्तु तथा जैविक विबिधतताले भरीपूर्ण यस पालिकाको पुर्वमा डोल्पा जिल्लाको मुट्केचुला, उत्तरमा जाजरकोट जिल्लाको कुशे ५ र बारेकोट गाउपालिका, दक्षिण ठुली भेरी नदी तथा रुकुमपश्चिम जिल्लाको आठबिसकोट नगरपालिका र पश्चिममा जाजरकोटको भेरी नगरपालिकाको १ र २ नम्बर वडा पर्दछन । चारैतिर हरियाली डाडाँकाडाँले घेरिएको यस पालिकाको सुन्दर बस्तीको बिच भाग खुल्ला रहेको छ । यस नगरपालिकाको स्वच्छ हावापानीले मानव बसोबास गर्न अति योग्य छ ।

कुल क्षेत्र फल ३८७४४ दशमलब ३७ हेक्टर रहेको यस नगरपालिकामा खेती योग्य जमिन ३४४० दशमलब ३ हेक्टरमा रहेको छ भने, हाल खेती गरियको जमिन २७५६ दशमलब ६४ हेक्टर रहेको छ । ३५ वटा सहकारी संस्था रहेको यस नगरपालिकामा कृषि र पशुपंछीसंग सम्बन्धित २६५ वटा समुह रहेका छन् । १८७ वटा नीजि फार्म दर्ता गरेर विभिन्न व्यवसाय संचालन गरेको यस नगरपालिकाका अधिकांश नागरिकहरु कृषि र पशु पालन पेशा व्यवसायमा निर्भर रहेका छन् । कृषि पेशा अन्तरगत मौरी पालन, तरकारी तथा फलफुल खेतीमा आकर्षित नागरिकहरु ब्यवसायिक बन्न थालेका छन् ।

प्रसस्तै मात्रामा रहेका जलाधार, जैविक विविधताको महत्वपूर्ण पक्ष वनजंगल, जमिन, बहुमुल्य जटिबुटी, खनिज जस्ता प्राकृतिक श्रोतले भरिपूर्ण नलगाड नगरपालिकामा उपलब्ध साधन, श्रोतको उपयुक्त परिचालनले आर्थिक विकास गर्नुको साथै यस पालिकाका नागरिकहरुको जीवनमा सुधार ल्याउन सकिन्छ । बिगतका तुलनामा अबस्य पनि संघीयता कार्यन्वयन पश्चात नलगाडमा केही सुधार आएको छ । कृषि ब्यवसायिक प्रवद्र्धन तथा कृषि–पशुपन्छी बिकास रणनीतिक योजना, नलगाड कृषि श्रोत ब्यक्तिको बिकास तथा परिचालन सम्बन्धि, भकारो सुधार कार्यक्रम, सामुदायिक कृषि सेवा केन्द्र स्थापना, हाटबजार ब्यवस्थापन तथा सन्चान आदी ऐन र कार्यबिधी नगरसभाबाट पास गरी कार्य सन्चालनमा ल्याएको छ् भने, नगरपालिकाले मौरी पालन, अलैची, सन्तोला, लसुन, धान, कागती, मकै, आलु, तरकारी, फलफुलको पकेट क्षेत्र छनौट गरी लगानी विस्तार गरेको छ । प्रत्येक वडाम नमुना बस्ती बिकास कार्यक्रम संचालन गरी आत्म निर्भर बनाउने प्रयास भएको छ ।

यस नगरपालिकामा हाल कृषि क्षेत्रमा संचालनमा आएका सरकारी तथा गैरसरकारी परियोजनाहरु कृषि बिकास क्षेत्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, राष्ट्रिय फलफुल बिकास कार्यक्रम, बहुक्षेत्रिय पोषण योजन, प्रयास परियोजना र लघुउद्यम बिकास कार्यक्रम हुन् । उक्त परियोजनाहरुले संघ र प्रदेश सरकारसंग समन्वय गरिरहेका छन् । यस नगरपालिकाको अबस्था विश्लेषण र सम्भाब्यता अध्ययनको आधारमा दीगो एवं समाबेशी बिकासको गर्न उक्त परियोजनाहरुले यस नगरपालिकाको कृषि विकास गुरु योजना निर्माण गर्नुको साथै यहाँको मानविय तथा वातावरणिय श्रोत साधनलाइ परिचालन तथा उपयोग गर्न समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्नसके गुणात्मक विकास हुने निश्चित नै छ ।

राजनीतिक आन्दोलन र दलहरुको भुमिकाः–
२०३६ सालमा बहुदल र निर्दलमा बिभाजित भएको राजनितिमा अग्रसरता लिएको यस पालिकाका नागरिकहरु २०३८ सालदेखि केही शिक्षक र बियार्थीहरुले शुरु गरेको संस्थागत राजनीतिले २०४६ को जनआन्दोलनलाई बुझ्न सजिलो बनाएको थियो । ४६ अघि जो जहाँ छ, ४६ पछि पनि त्यही राजनीतिमा सहभागी हुन सहज बनायको थियो । २०४६ पछि नेपालमा क्रियाशिल राजनीतिक दलहरु बीच यथास्थिति र परिवर्तनकारी चेतना बीच घम्साघम्सी राजनीतिक संघर्ष चलेको थियो । २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पार्टीले निरंकुश राजतन्त्रको अन्त्यगरी देशमा जनताको ब्यवस्था स्थापना गर्न जनयुद्धको शंखघोष गरी आगडी बड्यो । १० वर्ष जनयुद्धको क्रममा त्याग, तपस्या र बलिदानीका सम्पूर्ण कोटा चुक्ता गर्दै यस नगरपालिकाबाट तत्कालिन राज्यपक्षबाट ७७ जना र तत्कालिन बिद्रोही पक्षबाट ८ जना हत्या गरिएको छ । सयांैको सख्यामा घाइते तथा अपाङ्ग, जेलनेल, करोडौंको सम्पतिको क्षेती तथा बिस्तापित तथा द्वन्दपिडितको सख्या पनि उल्लेख्य रहेको छ । समाजवाद उन्मुख राज्य ब्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आधार मानिएको जनयुद्धताका भेरी कर्णाली राज्यको मोडेल जिल्लाको रुपमा अग्रनी भुमिका खेल्दै समृद्धिको अभियान थालेको यस नगरपालिकाको आफ्नै इतिहास र भुमिका छ । ब्यवस्था परिवर्तनमा सक्रिय भुमिका खेलेको यो नगरपालिका समृद्धिको अभियानमा खासै अगाडी बढ्न नसकेको पनि साचो हो । यहाँको पुराना राजनीतिक दलमा राजनीति गर्ने पुरानै तरिका कायमा छ । केही मुठ्ठीभर ब्यक्ति सम्पन्न बन्ने र आम जनताको गरीबिमा राजनीति गर्ने अनि एक कठ्ठा चामल, एक पोका नुन र स–साना सहयोग त्यसैमा अत्याधिक प्रचार गर्दै सामदाम दण्ड भेद गरी चुनाव आफ्नो पोल्टामा पार्ने र शासन गर्ने प्रणाली कायम छ । यसै प्रणालीमा माओवादी पार्टी उनैसंग घुमिराखेमा बिगतको योगदान, प्राप्त उपलब्धी गुम्दै जाने र हामी त्यही फोहरी खेलबाट माथी उठ्न नसक्ने निश्चित छ । ब्यवस्था परिवर्तनका लागि ठुल–ठुला जोखिम उठाउन तयार हुने योद्धाहरु, समुदायहरु अब समृद्धिको अभियानमा लामबद्ध हुन जरुरी छ । अबको स्वच्छ प्रतिस्पर्दा आम जनताको जीवनस्तर उकास्न समृद्धिको अभियानमा कम्मर कस्न जरुरी भैसकेको छ । नेपाली जनक्रान्तिको उपलब्धिहरुको रक्षा र बाँकी कार्यभार पुरागर्दै समाजवादको बाटोमा अघि बढ्न हाम्रो पार्टीको भखरै सम्पन्न राष्ट्रिय महाधिबेशनको मर्मलाई आत्म साथ गर्न जरुरी छ ।

हाल देखिएका समस्यहरुः–
समाजको सचेत ब्यक्तिहरुको बुझाइमा एकरुपता नहुनु, अस्वस्थ राजनितिक प्रतिस्पर्दाले योजना कर्यन्वयन प्रभाबकारी नहुनु, बढ्दो जलवायु परिवर्तनले खेती प्राविधि तथा उत्पादनमा प्रत्येक्ष असर पुर्याउनु, कृषिलाई एक मर्यादित र सम्मानित पेशाको रुपमा नलिनु पढेलेखेकाले कृषि कर्म गर्नु हुन्न भन्ने गलत सोचको बिकास हुनु, बस्तुको उत्पादन र खपत बिच ठूलो अन्तरबिरोध हुनु, रोजगारीका लागी युवा पिडी बिदेश पलायन हुनु, जसले गर्दा काम गर्ने जनशक्तिको अभाब हुनु, कृषि कार्यका लागि प्राप्त रकम गैरकृषि क्षेत्रमा लगानी हुनु, सकारात्मक उत्पेरणाको अभाब हुनु, जमिनको भिरालो पन हुनु, पुरानै तरिकाले कृषि पेशा अगाल्नु, बित्तीय क्षेत्रको न्युनता हुनु, बजार नियमन नहुनु, बजारमा बढी नफाखोर हुनु, उत्पादित बस्तुको बजार अनि बाहिरी बजारसम्म पहुँच नहुनु, उपयुक्त सुचना प्राविधि र ज्ञानको अभाब हुनु, पर्यटन बिकासको योजना नहुनु, घरेलु तथा साना उद्योगको बिकास नहुनु, हावापानी उत्तम हुदाहुदै पनि उन्नत जातको ब्यवसायिक पशु पालन नहुनु, किािनहरुमा ब्यवसायिक इच्छा शक्ति नहुनु, केही गर्छु भन्नेलाई कृषि ऋण नहुनु र नीतिगत ब्यवस्था भएपनि झनजटिलो प्रक्रिया हुनु, हरेक सेवा सुबिधा निशुल्क प्राप्त गर्नु पर्छ भन्ने मनोभवना हुनु, ब्यवसायिक रुपमा पशु बिकास कार्यक्रम लागू नहुनु, जलवायु परिवर्तनमा अनुकुलनको योजना नहुनु, घाइते अपाङ्ग सहिद परिवार, बेपत्ता परिवार र सम्पुर्ण द्वन्द पिडितको अवस्था कम्जोर हुनु, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह गरी तीनै तहका सरकारसंग नीति तथा कार्यक्रम हुनु तर प्रभाबकारी कार्यन्वयन नहुनु । तत्कालिन अबस्थामा देखिएका समस्या हुन् ।

आगामी कार्ययोजनाः–
नयाँ भु–उपयोग नीति सहित कृषि जन्य बस्तुहरुमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिमा जोड दिने, कृषिमा आधारित साना ठुला उद्योग स्थापना गरी व्यापक रोजगारी सृजना गर्न सक्ने योजना तर्जुमा गर्ने । यहाँका कृषकहरुलाइ आधुनिक ब्यवसाय उन्मुख मूल्य श्रृङखलामा आधारित कृषि प्रसार सेवामा पहुँच बढाउन बिशेष पहल गर्ने, अर्गानिक कृषि उत्पादनको प्रबद्र्धन तथा बिकास र कृषिलाई आधुनिकिरण गर्ने । अर्गानिक खेतीमा जोडदिदै स्थानीय रैथाने बालीलाई प्रबद्र्धन गर्ने । कृषि प्रविधि प्रबद्र्धन तथा प्रचारगर्न कृषक सिकाइ केन्द्रको स्थापना गरी बिस्तार गर्ने । कृषि उपजहरुको बजार सुनिश्चित गर्न कृषि हाटबजार स्थापना गर्ने । नयाँ कृषि प्रणालीको साथै दक्ष जनशक्तिको अवलम्बनलाई परिपुर्ती गर्ने, स्थानीय श्रोतसाधन, सीप र क्षामताको पहिचान गरी त्यसको अधिकतम प्रयोग गर्न सहयोग गर्ने, आबश्यकता र प्रथामिकता निर्धारण गरी वास्तबिक आवश्यकता र जनताको चहानामा आधारित कार्यक्रम सन्चालन गर्ने, प्रगती अनुगमन, मुल्याङ्कण, प्रभाब मापन तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्ने । भबिस्यका लागि उत्पादनमुलक पुर्वतयारी गर्न सहयोग पुर्याउने, आर्थिक रुपान्तरणमा नवीन सोच, चिन्तन, बिश्लेषण प्रक्रियाको मार्ग प्रसस्त गर्ने, संचालित योजन तथा कार्यक्रमको समग्र प्रभाबको लेखाजोखा गरी नयाँ सोच र बिकासमा सहयोग पुर्याउने, विभिन्न निकाय र ब्यक्तिहरुसंग सम्बन्ध बढाउन समन्वय र सहयोगको वातावरण बढाउन मदत गर्ने, किसानको घरमा भएको उत्पादित बस्तुको रेकर्ड सकलन, खरिद, संरक्षण स्टोर बजारिकरणको ब्यवस्था मिलाउने, किसानलाई आबश्यक पर्ने मल, बीउ, दाना, पानी, उपचार, औजार, दक्ष प्राबिधिक लगायत हरेक आपूर्ती कार्य सस्तो सुलभ ग्यारेन्टीको व्यवस्था गरी आपूर्ति गर्नसक्ने बजार स्थापना गर्ने, प्रत्येक ठाउमा किसानलाई पायक पर्नेगरी उत्पादित बस्तु संकलन केन्द्र, चिस्यान केन्द्र, घुम्ती कृषि मेला र प्रदर्शनी मेलाको साथै बजारकेन्द्रहरुमा सस्तो हाटबजारको ब्यवस्था मिलाउने, स्थानीय रुपमा खपत नहुने सामानको बाहिरी बजारको ब्यस्था मिलाउने, सम्भावित जोखिमबाट बच्ने उपायहरुको खोजी गर्ने । त्यसको समाधान खोज्न सहयोग गर्ने । भु–उपयोगिताको सिद्धान्त अनुसार बाँझो जमिनमा सामुहिक खेतीको अभ्यास गर्ने, विषादी युक्त बाह्य उत्पादनको आयात बिक्री बितरण र प्रयोगलाई निरुत्साहित गर्न जनचेतना र दवाब मुलाक कार्यक्रम सन्चालन गर्ने, भुमिहिन बिपन्न परिवारको पहिचान गरी आबश्यक पेशाको सुनिश्चित गर्ने, समान सोच राख्ने सहकारी समूह र निजि फार्मसंग समन्वय गरी सामुहिक कार्यक्रम बनाउन पहल गर्ने, संघ, प्रदेश र स्थानीय गरी तीन वटै तहका सरकारको विभिन्न निकायसंग समन्वय र सहकार्य गरी अनुदान लगायत अन्य सेवा सुबिधाको पहल गर्ने, बित्तीय सस्थासंग समन्व गर्ने र सोही नीति र विधि अनुसार ऋण प्रवह गर्न सहजीकरण गर्ने । साना र मझौला उद्योगहरुको स्थापन गर्न पहल गर्ने र स्थानीय उत्पादनको प्रचार गरी खपत गर्न सहज गर्ने, पर्यटन क्षेत्रको बिकास गर्न नमुना उत्पादन केन्द्र अर्गानिक होमस्ट,े होटेल, नमुना बजार, पार्क, नमुना कृषि, भ्युटावर, मठमन्दिर, नमुना पशुपालन, तालतलैया आदिको बिकास गर्ने, खनिजको पहिचान र ब्यवस्थित उत्खलनको ब्यवस्था मिलाउने, बहँुमुल्य जडिबुटीको पहिचान, संरक्षण, उत्पादन, संकलन र प्रशोधनको ब्यवस्था मिलाइ बजारीकरण गर्ने, हरियो वन नेपालको धन भन्ने नेपाली भनाइलाई आत्मसाथ गर्दै वन बिकास र उपयोगिताको सिद्धान्तलाई लागू गर्ने, दक्ष जनशक्तिलाई गोलबन्दगरी आवश्यक सल्लाह सहित विभिन्न योजना बनाइ योजनबद्ध परिचालन गर्नु नै आगामी दिनको मुख्य कार्ययोजना हुन जान्छ ।

आगामी योजना कार्यन्वयन विधिः–
माथी उल्लेखित आगामी कार्ययोजनलाई कार्यन्वन गर्न नगर कमिटीमा निर्माण भएका बिभागहरुबाट कृषि, पशुपालन, वन तथा वातावरण, पर्यटन, कला साँस्कृती, उद्योग, खानी आदि बिभागिय प्रमुखहरु पदेना सदस्य, आवद्ध हुन सक्ने सहकारी समूह, उत्कृष्ट नीजि फार्म, विभिन्न विषगत बिज्ञ समबेश गरी एक उच्च स्तरीय समिति बनाउने । आबश्यकतामा उपसमिति र बिभागहरु गठनगरी कार्य सन्चालन ल्याउने । उच्च स्तरीय सल्लाहकार समिती गठन गर्ने । भाबी कार्ययोजनालाई कार्यन्वयान गर्न योजनालाई प्रथामिक्ताको आधारम वर्गीकरण गरी तत्कालिन, अल्पकालिन र दीर्घकालीन गरी कार्य सन्चालन गरिने गर्ने । योजना कार्यन्वयन गर्न सम्पुर्ण पार्टी सदस्यहरुलाई अनुशासनको रुपमा लिन पाठ सिइकाइने छ । नगर कमिटी, टोल कमिटी, सेल कमिटिको कार्य बिभाजन गरी उत्पादनको योजनामा लगाइने र आम उत्पादकहरुलाई बिस्वस्त तुल्याउनु नै आगामी कार्ययोजना कार्यन्वयनको उत्तम विधि हो ।

(लेखकः नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीका सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस्