Hamro Sanchar

छेडाबजारमा सिसिटिभी क्यामेरा जडान

बद्री पन्त प्रकाशित : २०७८/११/७ गते
जाजरकोट

जाजरकोटको छेडाबजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका–१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिबालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरु घटाई जिल्ला वाहिरिने तथा प्रवेश गर्ने अपराधिक मनोवृतिका मानिहरु तथा सवारी साधनको निगरानी तथा कृयाकलापलाई मध्यनजर गरी क्यामेरा जडान गरिएको अध्यक्ष शाहीले बताएका छन् । सिभिटिभी क्यामेराले पालिका र जिल्लाको शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउने विश्वास लिईएको अध्यक्ष शाहीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्