Hamro Sanchar

बाल अभियन्ताको सक्रियतामा छेडागाडमा रोकिए बाल बिबाह

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/११ गते
जाजरकोट

बाल अभियान्ताको सक्रियतामा छेडागाड नगरपालिकामा हुन लागेका बाल बिबाह रोकिएका छन् । उमेर नपुगेका युवा युवतीले भागेर बिबाह गर्न लागेको थाहापाएपछि बाल अभियान्ताले बाल बिबाहलाई रोकेका हुन् ।

छेडागाड नगरपालिका–७ र ८ का वडा बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समितिको पहल तथा नेपाल प्रहरीको सहयोगमा उमेर नपुगेका २ वटा बाल बिबाहलाई रोकिएको छ । बाल बिबाह मुक्त वडा घोषणा गर्ने लक्ष्य लिएका वडाका बाल अभियान्ताहरुले गत चैत्र ३१ गते २१ बर्षको केटा र १६ बर्षको केटी बीचमा भागी बिबाह गर्ने तयारीमा रहेका छेडागाड नगरपालिका–८ डाँडागाँऊका बालबालिकालाई रोकेका छन् । बाल क्लबको सहयोगमा वडा बाल अधिकार समितिले गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बडाबन प्रहरीको सहयोगमा उक्त बाल बिबाह रोकिएको वडा बाल अधिकार समितिका संयोजक लालबहादुर खत्रीले जानकारी दिएका छन् ।

त्यसैगरी छेडागाड नगरपालिका–७ पैराममा हुन लागेको अर्को बाल बिबाहलाई वडा बाल अधिकार समितिको सक्रियता तथा इलाका प्रहरी कार्यालय गर्खाकोटका प्रहरीे टोलीको सहयोगमा बाल बिबाह रोकिएको छ । उक्त बिबाहलाई बाल अधिकार समिति र नेपाल प्रहरी टोलीले बुधबार रोकेको बाल अधिकार समितिका सदस्य भिम बहादुर शाहीले जानकारी दिएका छन् ।

सेभ द चिल्डे«ेन, पाँचतारा युबा संरक्षक मञ्च जाजरकोट र छेडागाड नगरपालिकाको साझेदारीमा संचालति सहयात्रा दोस्रो र अबसर परियोजनाको सहजीकरणमा वडा बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समितिहरुले समुदाय स्तरमा भइरहेको बढ्दो बाल बिबाहलाई न्यूनीकरण गर्न सक्रिय भएका छन । बाल बिकासको मुख्य समस्याको रुपमा देखा परेको बाल बिबाहलाई न्यूनीकरण गरी बाल बालिकाको सर्बाङ्गिण बिकासमा सहयोग पुर्याउर्न, बाल संरक्षणको कार्यलाई प्रभाबकारी बनाउन वडा बाल अधिकार समितिहरुले बाल बिबाह न्यूनीकरणको कार्ययोजना निर्माण गरेर बाल बिबाहलाई रोक्न लागि परेका छन् ।

प्रतिकृया दिनुहोस्