News Portal

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाडमा अन्तरक्रियात्मक छलफल

७७९ पटक

बालबालिका र विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न छेडागाड नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । नागरिक समाज संजालले बुधबार छेडागाडको थलहमा छलफलको आयोजना गरेको थियो ।

पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटको सहयोगमा नागरिक समाज संजाल छेडागाडले छलफल कार्यक्रम सम्पन्न गरेको थियो । नागरिक समाज संजाल छेडागाडका संयोजक मान बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपसंयोजक गीता शाहीले स्वागत मन्तव्य राखेकी थिइन् । छलफल कार्यक्रमको उदेश्य बारेमा पाँच तारा युवा संरक्षक मञ्चका परियोजना संयोजक बाबुराम बिकले प्रकाश पारेका थिए भने, सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज पाध्यायले बालबालिका र बिद्यालय शान्ति क्षेत्रको अवधारणाका बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नेकापा एमालेका नगर कमिटी सचिव दिपक रावत, नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष भद्र बहादुर वर, नेपाली काङ्ग्रेस छेडागाड संगठन तथा प्रचारप्रसार बिभाग प्रमुख अमर बहादुर खत्री, वडा न.८ का वडा अध्यक्ष लाल बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा कमिटी अध्यक्ष हरी बहादुर शाही, इ.प्र.का. बडावनका प्र.न.नी. देव बहादुर गुरुङले आगामी चुनावमा बालबालिका प्रयोग गर्न नहुने धारणा राखेका थिए । साथै बिद्यालय क्षेत्रमा कुनै पनि राजनीतिक दलको प्रचार–प्रसारका कार्यक्रमहरु गर्न नहुने, चुनावी घोषण पत्रमा बालबालिका सवालहरुलाई उचित रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा सहभागी सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा नागरिक समाज संजालका संयोजक, उपसंयोजक, सचीव सगाएत अन्य सदस्यहरु, नगर स्तरीय विभिन्न राजनीतिक दलका नेताहरु, सेभ द चिल्ड्रेनका परियोना संयोजक, पाँच तारा युवा संरक्षक मंचका कार्यकारी निर्देशक सहित अन्य कर्मचारीहरु, प्रहरी प्रतिनिधि आदिको सहभागीता भएको थियो । कार्यक्रमको संचालन छेडागाड नगरपालिका नागरिक समाज संजालका सचीव नरेश थापाले गर्नु गरेका थिए ।

प्रतिकृया दिनुहोस्