जाजरकोटको भेरी नगरपालिकामा आईबार २८ जनालाई गरिएको परिक्षणबाट ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एन्टीजिन प्रविधीबाट गरिएको परिक्षणबाट २८ जना मध्ये ११ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
जिल्ला सदरमुकाम खलंगामा आईतबार कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएका २८ जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिएका छन् । कोरोनाको संक्रमणले विकराल रुप लिएपछि परिक्षणको दायरालाई बढाउने नगर स्वास्थ्य शाखाकाले जनाएको छ ।
सोमबार नै भेरी नगरपालिकाको स्याली बजार र कुदुमा परिक्षण गरिने स्वास्थ्य सहायक गौतमले जानकारी दिएका छन् । यो भन्दा अगाडी गरिएको परिक्षणमा जाजरकोटमा ५ जनालाई कोरोना संक्रमणको पुष्टी भएको थियो । आईतबार गरिएको परिक्षणबाट संक्रमितको संख्या १६ जना पुगेको छ ।