Hamro Sanchar

जाजरकोट जिल्लासंग ज्वालाराज शाहीकाे आत्मियता

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१३ गते
जाजरकोट

ज्वालाराज शाही खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख हुन् । जाजरकोट जिल्लासंग शाहीको बेग्लै खालको आत्मियता जोडिएको छ । सरकारी जागिरको ३० बर्षेे सेवा पुरागरी सकेका शाही लोकसेवा आयोगको सिफारिसमा २०४७ सालमा पहिलो पोष्टिङ्ग जाजरकोटमै भएका थिए । सुरुवात र जागिरको उत्तरार्ध स्थल बन्न पुगेको जाजरकोट प्रति शाहीको आत्मियतामा अमिट छाप बस्नु स्भाविकै हो ।

कोभिड–१९ को संक्रमणलाई रोक्न सरकारले गतबर्ष गरेको ४ महिना लामो बन्दाबन्दीको समयलाई भरपुर मात्रामा सदुपयोग गरेर हृदयको कौशीमा राखेर आत्मियतालाई शाहीले प्रदर्शन गर्ने प्रयास गरेका थिए । सिमाभित्र बाधिएको सरकारी बजेटबाट सिमाभन्दा बाहिर रहेका नागरिकका आबश्यकतालाई पुर्ती गर्नमा शाहीले ४ महिनाको समयलाई कोठाभित्रै खर्च गरेका थिए । ४ सय धारा जडानको डिजाईन स्टामेट भएको डाडाँगाउँ बृहत खानेपानी आयोजना, १ सय ५० धारा जडानको डिजाईन स्टामेट भएको जगतिपुर खानेपानी आयोजना, झण्डै २ सय धारा जडानको डिजाईन स्टामेट भएको कालाभुर खानेपानी आयोजना, ५५–६० धारा जडानको डिजाईन स्टामेट भएको पोखरा खानेपानी आयोजनाको डिजाईन स्टामेटलाई बन्दाबन्दीको समयमा रिभाईज गरेर शाहीले झण्डै साढी एक करोड कम लागतमा आयोजनाहरु सम्पन्न गर्न सकिने शाहीले डिजाईन स्टामेट तयार गरेको बताएका छन् । ९० एमएमको पाईप भएको डिजाईन स्टामेटलाई ७५–८० एमएमको पाईप लगाउन सकिने, कम मुल्यमा धेरै एल्भो, गेटबल्ब, टुटी, युनियन लगाएतका सामाग्री खरिद गर्न सकिनेगरी डिजाईन स्टामेटलाई रिभाईज गरिएको शाहीले डिजिटल संचारलाई जानकारी दिएका छन् ।

राष्ट्र सेवक कर्मचारीले देश र नागरिकका लागि सकिने योगदान गर्नुपर्ने शाहीको मान्यता छ । हुम्लाको काँडागाउँमा सम्पन्न गरिएको खानेपानी आयोजना, सल्यानको जयतपानीमा सोलार पम्पबाट सम्पन्न गरिएको खानेपानी आयोजना शाहीले ३० बर्षे सेवाकालिन अबधिमा सम्पन्न गरेर बिर्सिन नसक्ने आयोजना हुन् । जागिरको उत्तरार्धमा शाहीले जाजरकोटको जगतिपुर, कालाभुर, डाडाँगाउँ बृहत खानेपानी आयोजना, सोलार पम्पबाट भुरचौर र दशेराको सुयाडा खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न गर्न सकिए आत्माले शान्ति पाउने बताएका छन् ।

काठमाडौं पुलचोक क्याम्पसमा अध्ययन गरेका शाहीले सानै उमेरमा आफ्नै बुवाबाट राजनीतिलाई राम्रोसंग बुझेका छन् । रानीतिलाई समाज सेवाका रुपमा बुझेका शाहीले राजनीतिमा व्यक्तिगत सम्पती र व्यक्तिगत समय नागरिकका नाममा खर्च गर्नुपर्ने शाहीको बुझाई रहेको छ ।

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ याङचू गाउँका सुरवीर शाहीका कान्छा छोरा हुन् ज्वालाराज शाही । सुरवीर शाहीले २०२६ सालदेखि २०४३ सालसम्म हुम्ला जिल्लाबाट सक्रिय राजनीति गरेका थिए । २६ देखि ४२ सालसम्म जिल्ला पञ्चायत सभापति, माननीय, आपूर्ती, वन, श्रम तथा समाजकल्याण राज्यमन्त्री बनिसकेका सुरवीर शाही तत्कालिन कर्णाली अञ्चलका अब्बल राजनितिज्ञ हुन् । बुवाको राजनीतिबाट दिक्षित ज्वालाराज बिद्यमान देशको राजनीतिबाट आफु सन्तुष्ट हुन नसकेको जानकारी दिएका छन् । सामाजिक भावना भएको मान्छेले अहिलेको राजनीति गर्न नसक्ने बताउदै शाहीले सेवा निबृत्त पश्चात आफुले ब्यापार पेशालाई अंगाल्ने बताएका छन् ।

सरकारी जागिरको शिलसिलामा ३० बर्षको अबधिमा जाजरकोट, हुम्ला, मुगु, सुर्खेत, नेपालगञ्ज, काठमाडौं बिभागमा बसेर काम गरिसकेका शाही संघीयता पश्चात सुर्खेत, रुकुमपश्चि हुदै जाजरकोट कार्यालय प्रमुख भएका हुन् । दरबन्दी अनुसारका कर्मचारीहरु नहुदा प्रति बर्ष कार्यालयबाट खानेपानी, सिंचाई र उर्जाका झण्डै २ सय भन्दा बढि आयोजनाहरु सम्पन्न गर्न कठिनाई हुने गरेको शाहीले जानकारी दिएका छन् । कार्यालयमा रहेका २ जना स्थायी, १ जना करारका सब ईन्जिनियर र १ जना खापासेटेको भरमा खानेपानी, सिंचाई र उर्जा जस्ता बिषयगत काम गर्न गाह्रो भएको शाहीले बताएका छन् । प्रशासन तर्फका १ जना अधिकृत, १ जना लेखापाल, १ जना गाडीचालक र २ जना कार्यालय सहयोगीको दरबन्दीमा कार्यालयलाई काम गर्न मुस्किल भएको हुदा शाहीले ज्यालादारीमा १ जना सुपरभाईजर र १ जना भान्से राखेका छन् । जिल्ला दररेट अनुसार शाहीले ज्यादारीमा राखेका सुपरभाईजर र भान्सेको दैनिक ज्याला ७ सय मात्र रहेका छ । दैनिक ७ सयको ज्यालामा काम गरी रहेका सुपरभाईजर र भान्सेको मासिक खानामा लाग्ने खर्च शाहीले आफ्नो तलबबाट हेर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्