News Portal

कुशे गाउँपालिकामा एक जना सुत्केरी महिलाको मृत्यू

८६६ पटक

कुशे गाउँपालिका–५ जरगाउँमा सोमबार एक सुत्केरी महिलाको मृत्यु भएको छ । विहान ७ बजे घरमै सुत्केरी भएकी महिलाको आज दिउसो १२ बजेतिर मृत्यु भएको हो ।

विहान ७ बजेतिर घरमै सुत्केरी भएर छोरा जन्माएकी कुशे गाउँपालिका–५ जरगाउँकी नारायणकली रोकायको दिउसो १२ बजेतिर मृत्यु भएको स्थानीय तारा खड्काले जानकारी दिएकी छन् । समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ । सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन खड्काले भनिन्–‘स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान जोगिन सकेन ।’

अन्दाजी ३० बर्षिय नारायणकलिका श्रीमान जय बहादुर रोकाय हुन् । उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्माई सकेपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अबस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्