Hamro Sanchar

गायिका हिरा मगरको ए सरकार गीत सार्वजनिक

रिदम बाबु प्रकाशित : २०७९/३/१४ गते
जाजरकोट

ए सरकार बोलको गीत सार्वजनिक भएको छ । दर्जनौ लोक गीत गाएर चर्चा बटुल्दै आएकी हिरा मगर र प्रसान्त परियारको आवाजमा सजिएको लोक गीत युटुव मार्फत सार्वजनिक भएको हो ।

जातिय छुवाछुत विरुद्धको सन्देश बोक्नुको साथै रुकुमपश्चिमको सोति हत्याकाण्डको बिषयलाई समेटिएको ए सरकार बोलको गीत सोमबार एजे अजु अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

हिरा मगर र प्रसान्त परियारको स्वर सजिएको उक्त गीतमा शव्द, संगित धुर्व परियाले रहेको छ भने, उक्त गीतको म्युजिक भिडियोमा धुर्व परियार, सृष्टी पोखरेल, सुशिला घर्ती र प्रकाश सुनारले अभिनय गरेका छन् । दैनिक समाजमा घटिरहेका जातिय छुवाछुतसंग सम्बिन्धत घटनाहरुलाई न्युनिकरण गर्न अभिप्रेरित गरिएको गीतमा रन्जीत सुनारले निर्देशन तथा सम्पादन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्