Hamro Sanchar

जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१३ गते
जाजरकोट

जाजरकोटमा सोमबार ८९ जनालाई गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो ।

नगर स्वास्थ्य शाखाले भेरी नगरपालिकाको स्याउलीबजार र कुदुमा ७८ जनामा गरिएको परिक्षणमा २९ जनामा कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिएका छन् । त्यसैगरी जिल्ला अस्पतालमा ११ जनालाई गरिएको परिक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । नगर स्वास्थ्य शाखा र जिल्ला अस्पतालले ८९ जनामा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । नगर स्वास्थ्य शाखाले सोमबार गरेको परिक्षणबाट कोरोना पुष्टी भएका २९ जना मध्ये पुरुष १६ जना र १३ जना महिला रहेको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापाले जानकारी दिएकी छन् ।

आईतबार भेरी नगरपालिकामा २८ जनालाई गरिएको परिक्षणबाट ११ जनालाई कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएका ११ जना मध्ये ९ जना भेरी नगरपालिका भित्रकै रहेका थिए भने, २ जना बारेकोट गाउँपालिकाका रहेका थिए । त्यो भन्दा अगाडी गरिएको परिक्षणबाट जिल्लाका अन्य ५ जनालाई कोरोना पुष्टी भईसकेको थियो । हाल जिल्लामा सक्रिय कोरोना पुष्टी भएका बिरामीहरुको संख्या ४९ जना पुगेको छ ।

 

कोरोना पुष्टी भएका सबै बिरामीलाई होम आईसुलेशनमै राखेर विरामीको हेरचाह गर्ने व्यवस्था गरिएको छ । बिरामीहरुको अबस्था हेरी जटिल अबस्थाका बिरामीहरुलाई अस्पतालको बेडमा ल्याएर उपचार गरिने ब्यबस्थापन गरिएको भेरी नगरपालिकाले जनाएको छ ।

कोभिड–१९ को संक्रमणले जिल्लामा बिकराल रुप लिन थालेपछि सोमबार कोभिड–१९ संकट व्यबस्थापन संचालन केन्द्र (CCMC) निर्देशक समितिको बसेको बैठकले भेरी नगरपालिका अन्तरगत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । बैठकले अर्को आदेश नआउदासम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठनलाई थप रोक्न सकिने संकेत गरेको छ ।

प्रतिकृया दिनुहोस्