News Portal

उच्च जोखिममा बारेकोट

५७९ पटक

वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो ।

बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट घाटतर्फ जाने मुलबाटोमै रहेको ठुलो चट्टान फाटेको छ । गाउँबस्ती नजिकै रहेको उक्त चट्टानले निकट भविश्यमा ठुलै मानविय तथा अन्य क्षेती गर्न सक्ने अबस्थाबाट बारेकोटबासी भयभित भएको बुझिएको छ । चट्टानले पशुचौपाय, खेतीयोग्य जमिनसंगै मानव बस्तीलाई ठुलै क्षेती गर्न सक्ने देखिएको छ । चट्टानबाट हुन सक्ने जोखिमबाट बच्न र बचाउनका लागि आबश्यक सहयोग तथा पहल गरिदिन बारेकोट गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताएका छन् । गाउँपालिकाले गराएको जानकारी तथा सहयोगका लागि गरिएको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई जानकारी गराई सकेको प्रजिअ शाहीले जानकारी दिएका छन् । चट्टानको उच्च जोखिमबाट बच्न र बचाउन सम्पूर्ण सरोकारवाला निकायलाई पूर्वसतर्कताका अपनाउन जिल्ला प्रशासन कार्यालय, जाजरकोटले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्