News Portal

कुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

४४३ पटक

कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

औपचारिक कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो । .पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न राष्ट्रिय खोप तालिका अनुसार ९० प्रतिशत भन्दा बढि बालबालिकाले १२ प्रकारका खोप पाईसकेको हुनुपर्ने मापदण्ड रहेको छ । १२ प्रकारका खोप पाईसकेका बालबालिकाहरुको उमेर समुह १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको उमेर समुहलाई गणनामा लिने गरिएको छ ।

आज पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको कुशे गाउँपालिकाका ९ वटै वडाका १६ देखि २३ महिनासम्मका सतप्रतिशत बालबालिकाहरुले १२ प्रकारका खोप पाईसकेको गाउँ स्वास्थ्य शाखामा कार्यरत अहेव अमरजंग शाहले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार कुशे गाउँपालिकामा १६ देखि २३ महिना उमेर समुहका ५२७ जना बालबालिकाले १२ प्रकारका खोप पाएका छन् ।

जिल्ला स्तरीय खोप समन्वय समितिले दिएको अनुमति अनुसार आज (सोमबार) कुशे गाउँपालिकालाई विशेष कार्यक्रमको आयोजना गरेर पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ भने, भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिवार विशेष कार्यक्रमको आयोजना गरेर पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।

नीतिगत व्यवस्थाको मापदण्ड अनुसार यस बर्ष जाजरकोट जिल्लाको भेरी नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्न पाउने जिल्ला स्तरीय खोप समन्वय समितिले अनुमति दिएको दिएको थियो ।

प्रतिकृया दिनुहोस्