News Portal

जाजरकोटमा ७ जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ५६ पुग्यो

८५७ पटक

जाजरकोटमा मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २५ जनामा ६ जनालाई कोरोना पुष्टी भएको हो ।

मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । कोरोनाको दोस्रो लहर सुरु हुन पहिले गत चैत २६ गते गरिएको परिक्षबाट कोरोना संक्रमित जुनीचाँदेका एक जना बिरामी सन्चो भएर घर फर्की सकेको जानकारी दिदै खत्रीले कारोना संक्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा ५६ जना संक्रमितको संख्या पुगेको बताए ।

परिक्षणबाट पुष्टी भएका ५६ जना मध्ये जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण नागरिक गरेर भेरी नगरपालिकाका ४१ जना रहेका छन् भने, जिल्ला अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यसैगरी जिल्लाका अन्य पालिकाका १२ जना संक्रमित बिरामी रहेको खत्रीले जानकारी दिएका छन् ।

संक्रमित बिरामीहरुको अबस्था हेरेर जिल्ला अस्पतालको बेडमा राखेर ७, ८ जना बिरामीहरुलाई उपचार गरिएको छ भने, बाँकी अन्य संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरुसंगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुले दैनिक योग तथा व्याम गर्ने, धार्मिक तथा अध्यामिक प्रवचन सुन्ने, सुनाउने जस्ता प्रकृति चिकित्सा विधीलाई अबलम्बन गर्न भेरी नगरपालिकाद्धारा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ–‘मध्यपान तथा धुम्रपानदेखी सबै बिरामीहरु टाढा बस्न अनुरोध गरिन्छ ।’

प्रतिकृया दिनुहोस्