News Portal

निर्माण कार्य सम्पन्न नहुदै भत्कियो छेडागाड नगर अस्पतालको भवन

१२८१ पटक

निर्माण कार्य सम्पन्न नहुदै छेडागाड नगर अस्पतालको भवन भत्किएको छ । तल र माथिको जमिन भाँसिएपछि निर्माणाधिन नगर अस्पतालको भवन भत्किएको हो ।

नगर अस्पतालको भवन निर्माण कार्य सुरु गर्नु भन्दा पहिला भुगोल अनुसारको आयोजना बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) नहुनु । डिजाईन स्टामेट अनुसार नगर अस्पतालको फाउन्डेसन निर्माण नगर्नु । मादण्ड विपरितका निर्माण सामाग्री निर्माण कम्पनीले प्रयोग गर्नुले बर्षायाममा निर्माधिन १५ शैयाको नगर अस्पताल भवन भत्किएको स्थानीय महेश अधिकारीले बताएका छन् । दीर्घकालिन महत्व राख्ने नगर अस्पताल जस्तो सार्वजनिक सरोकारको आयोजना निर्माणमा नगरपालिका र निर्माण कम्पनीले लाहाप्रवाही गरेको अधिकारीले बताएका छन् ।

१८ करोड लागतमा नगरपालिकाले बोलपत्र आह्वान गरेको नगर अस्पतालको भवन निर्माण कम्पनीले घटीघटाई १३ करोड लागतमा नगरपालिकासंग सम्झौता गरेको बताईएको छ । निर्माण कार्य सुरु गरिएको नगर अस्पतालको भवन भत्किएपछि नगरपालिकाको १३ करोड बजेट त्यतिकै खेर गएकोमा छेडागाडका स्थानीयबासीले दुःख व्यक्त गरेका छन् ।

भवन निर्माणको सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनीधि निर्मल अधिकारीसंग हामीले ९७४५५०७७३७ मा फोन सम्पर्क गरेका थियौं । नगर अस्पतालको निर्माणाधिन भवन भत्किएको विषयमा हामीले सोधेको प्रश्नको जवाफमा निर्मल अधिकारीले भवनको तल र माथिपट्टिको जमिन भासिएको भएता पनि भवनलाई कुनै असर नगरेको बताएका छन् । भवन सम्बन्धि हामीले सोधेको प्रश्नको जवाफ दिने सन्दर्भमा निर्मलले अहिले आफु बैठकमा भएको र १५ मिनेटपछि आफैले फोन गर्ने भनेर फोन राखेका थिए ।

नगर अस्पतालको निर्माणधिन भवन भत्किएको बिषयमा जानकारी लिन हामीले नगरप्रमुख रत्न बहादुर खड्कासंग ९८५८०२१७२५ मा फोन सम्पर्क गरेका थियौं । आफु अहिले बैठकमा भएको जानकारी दिदै नगरप्रमुख खड्काले फोन राखेका छन् । त्यसैगरी नगर अस्पतालको निर्माणाधिन भवन भत्किएको विषयमा जानकारी लिन हामीले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर आरसीसंग ९८६८०१८७०३ मा फोन सम्पर्क गरेका थियौं । अधिकृत आरसीले धेरै पटक गरिएको फोन उठाएका छैनन् ।

निर्माणाधिन नगर अस्पतालको भवन स्थल सिम्ली रहेको छ ।

प्रतिकृया दिनुहोस्