Hamro Sanchar

विप्लव नेकपा, जाजरकोटले ग¥यो जनश्रमदान

स्वास्थ्य सेवा कार्यालयमा खानेपानी पु¥याउनुको साथै सरसफाई

कर्ण बस्याल प्रकाशित : २०७९/४/७ गते
जाजरकोट

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा जनश्रमदान गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको व्यवस्था गर्नुको साथै कार्यालय परिसर भित्र सरसफाई गर्न नेकपा, जाजरकोटले दुई दिने जनश्रमदान गरेको हो ।

खानेपानीको सिजर्भ ट्याङ्कदेखि स्वास्थ्य सेवा कार्यालयसम्म ७०० मिटर जनश्रमदान गरेर पाईप लाईन विच्छ्याउनुको साथै जमिन मनि पाईपलाई पुर्ने काम सम्पन्न गरिएको नेकपा, जाजरकोट सेक्रेटरी पौरख मल्लले जानकारी दिएका छन् । ७०० मिटर लामो दुरीको पाईप लाईन खन्न, विच्छ्याउन र पुर्न पार्टीलाई दुई दिनको जनश्रमदान गर्नुपरेको सेक्रेटरी मल्लले बताए । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको समस्या देखेपछि ७०० मिटर पाईप पनि पार्टीले नै किनेर जनश्रमदानद्धारा खानेपानीको समस्या समाधान गरेका छौं सेक्रेटरी मल्लले भने–‘बर्षाको समय छ, स्वास्थ्य सेवा कार्यालयमा प्रयाप्त खानेपानी नहुदा उपचारमा आएका विरामीहरुलाई खानेपानीको अभाव थियो, स्वास्थ्य सेवा कार्यालयमा खानेपानी अभावको विषयलाई लिएर हामीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण पनि गराएका थियौं । सम्बन्धित निकायको ध्यानाकर्षण नभएपछि हाम्रो पार्टीले पार्टीकै पैसा लगानी गरेर पाईप खरिद गरी जनश्रमदान गरेर कार्यालयमा खानेपानी पुर्याएका छौं ।’

पार्टीको आन्तरिक जनशक्तिद्धारा गरिएको जनश्रमदानबाट कार्यालयमा खानेपानी पुर्याई सकेपछि कार्यालय परिसर भित्रको फोहरमैला व्यवस्थापन तथा सरसफाई गर्ने काम सम्पन्न गरिएको थियो । कार्यालय परिसर सफाई तथा फोहोरमैला व्यवस्थापन कार्यमा नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सघाउदै कार्यालयका कर्मचारी र अन्य युवाहरुले पनि साथ दिएका थिए । नेकपा, जाजरकोटले जनश्रमदान शुक्रबार र सनिबार गरेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्