News Portal

जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा

७४३ पटक

जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् ।

जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न कुशे गाउँपालिकाका विद्यालय अध्ययनरत बालबालिकाहरु वृक्षारोपन कार्यमा अग्रसर भएका छन् । गत असार २९ गते कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रामचन्द्र आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले विद्यालय परिसर आसपासको क्षेत्रमा बृक्षारोपन गरेका छन् । जलबायु परिवर्तनको असरलाई न्युनिकरण गर्न विद्यलयमा अध्ययनरत बालबालिकाहरुले स्थानीय स्तरमै पाईने मयुरपंखी, नास्पती, ओखर, बकाईनो, लाखुरी लगाएतका फलफुल तथा गैरकाष्ठ जातका विरुवाहरु रोपन गरेको विद्यालय प्रधानाध्यापक नीम बहादुर वलीले जानकारी दिएका छन् । डिभिजन वन कार्यालयसंग माग गरेका ईपिलिपील, लप्सी, बकाईनो लगाएतका विरुवाहरु स्कुलमा अध्ययनरत विद्यार्थी तथा बालबालिकाहरुले रोपन गरेको प्रअ वलीले बताएका छन् ।

विद्यालय स्तरीय बाल क्लवको नेतृत्वमा गरिएको वृक्षारोपन कार्यक्रम कुशे गाउँपालिका–५ दम्दाला स्थित पशुपति माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले पनि संचालन गरेका छन् । विद्यालय स्तरीय बाल क्लवको नेतृत्वमा संचालन गरिएको बृक्षारोपन कार्यक्रमले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नयाँ सन्देश प्रवाह भएको विद्यालय प्रअ टीकाराम वलीले बताए । आफुले रोपन गरेको विरुवाको दैनिक रेखदेख तथा गोडमेल गर्न बालबालिकाहरु जुट्ने गरेको प्रअ वलीले जानकारी दिएका छन् ।

जलबायु परिवर्तनको असरले प्राकृतिक विपत्तलाई मात्र नभएर मानव स्वास्थ्यमा पनि ठुलो प्रभाव पारेको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताए । कुशे गाउँपालिकाका अधिकाँश विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई वृक्षारोपन गर्न पहाडी क्षेत्र विकास अभियान जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाले सहजीकरण गरेको जानकारी दिदै कार्यकारी निर्देशक कार्कीले जलवायु परिवर्तनको बिषय विश्वव्यापी मुद्धा बनेको बताए । जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तथा जलवायु अनुकुलन कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जलवायु परिवर्तनको विषयलाई विद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने कार्यकारी निर्देशक कार्कीको भनाई रहेको छ ।

वृक्षारोपन कार्यमा बालबालिकाहरुलाई विद्यालय शिक्षक, व्यवस्थापन समिति र अविभावकहरुले साथ दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्