News Portal

बागेश्वरी माध्यामिक विद्यालय पजारुका २० जना विद्यार्थीलाई छात्रबृति वितरणको तयारी

७५९ पटक

बागेश्वरी माध्यामिक विद्यालय पजारुमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको छ । सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमामा २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको हो ।

सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वय बागेश्वरी माविका २० जना विद्यार्थीलाई जे. यस. डी. फाउण्डेशनले छात्रवृति वितरण गर्न लागेको हो । शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा उतीर्ण १० जना छात्र र १० जना छात्रालाई छनौट गरि छात्रवृति वितरण गरिने सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान, छेडागाड–९ जाजरकोटले जनाएको छ । छात्रवृति वितरण गर्नका लागि छनौट गरिने विद्यार्थीहरुको अनुसासन, विगत दुई बर्षको शैक्षिक प्रगति र आर्थिक अबस्थालाई मुख्य आधार बनाईने प्रतिष्ठानले जनाएको छ । दुई शैक्षिक सत्रसम्म छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुले एसइई परीक्षा उर्तीण पश्चात बागेश्वरी माध्यामिक विद्यालयमै कक्षा, ११–१२ को पढाईलाई पुरा गर्नुपर्ने छ । दुई बर्षसम्म छात्रबृति प्राप्त गर्ने विद्यार्थीहरुको शिक्षण सिकाई उपलब्धीमुलक हुनुपर्ने प्रतिष्ठानले बताएको छ । छात्रवति वितरण गर्ने निकायले तोकेको शैक्षिक मापदण्ड पुरा गर्न नसकेमा निरन्तर दुई बर्षको छात्रवृति दिन नसकिने प्रतिष्ठाने प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।

जे. यस. डी. फाउण्डेशनले २० जना बिद्यार्थीहरुको भर्ना शुल्क तथा छात्रवृति रकम उपलब्ध गराउने जनाएको छ । विद्यार्थी छनौटमा जेहेन्दार, न्यून आर्थिक अवस्था भएका बिद्यार्थीलाई विशेष प्राथमिकता दिनुपर्ने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले बागेश्वरी माध्यमिक बिद्यालयको खातामा विद्यार्थीहरुको छात्रवृति रकम ट्रान्सफर गर्नुको साथै छनौटमा परेका २० जना बिद्यार्थीहरुलाई प्रति व्यक्ति एक जोडा स्कुल पोसाक, स्टेसनरी उपलब्ध गराउने बताईएको छ । उक्त कामको व्यवस्थापन गर्ने जिम्मेवारी सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको रहेको छ ।

छात्रवृति छनौटमा आफु पर्नलाई सूचनामा उल्लेख गरिए अनुसार योग्य बिद्यार्थीहरुले स्कुल व्यवस्थापन समिति अध्यक्ष अथवा प्रधानाध्यापकसंग सम्पर्क राख्न अनुरोध गरिएको छ । लिखित र अन्तरवार्ताका माध्यामबाट छात्रबृति पाउने विद्यार्थीको छनौट गरिने बताईएको छ । सम्बन्धित विद्यालयमै छनौट गरिने विद्यार्थीहरुलाई फाराम भने मिति यहि साउन २२ गतेदेखि आगामी भदौं १५ गतेसम्म मिति तोकिएका छ ।

प्रतिकृया दिनुहोस्