Hamro Sanchar

प्रदेश मुख्यमन्त्री शाहीद्धारा जाजरकोटमा पत्रकार भेटघाट

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/४/२१ गते
जाजरकोट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले जाजरकोटमा पत्रकार भेटघाट गरेका छन् । नेपाल प्रेस युनियन जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा मुख्यमन्त्री शाहीले सनिवार पत्रकार भेटघाट गरेका हुन् ।

संघीयताको नयाँ रुपनै प्रदेश सरकार भएको चर्चा गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई चाहेजति अधिकार सम्पन्न गराउन नसकिएको बताएका थिए । २०६५ सालदेखि यता जाजरकोट जिल्लामा ३–४ पटक पुगेको बताउदै मुख्यमन्त्री शाहीले आफुले सबैभन्दा बढि भिजिट गरेको जिल्लाहरुमा जाजरकोट जिल्ला रहेको बताएका थिए ।

प्रदेशको आफु मुख्यमन्त्री भएको समय ८ महिना भएको बताउदै मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्था अनुसार संघको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री हाउसबाट निर्वाचित हुनुपर्ने व्यवस्था भएको हुदा हाउसबाट निर्वाचित हुन आफुलाई केही समय त्यतै लागेको भनाई राखेका थिए । बाँकी समय प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम, बजेट र कार्यविधिहरु बनाउनमै समय लागेको जानकारी दिएका थिए । आफ्नो नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारले यहि साउन १ गतेदेखिनै सबै विषयगत मन्त्रालय मार्फत बजेट कार्यान्वयनको अख्तियारी दिईसकेको जानकारी दिदै मुख्यमन्त्री शाहीले साउन २ गतेनै सबै कार्यक्रमको गाईड लाईन पठाईसकेको बताएका थिए ।

प्रदेश सरकारलाई ऋणात्मक नभएर धनात्मक बनाउन गतबर्ष बार्षिक बजेट ३६ अरब भएको प्रदेशमा चालु आर्थिक बर्षमा ३२ अबर वजेट तर्जुमा गरेको जानकारी दिएका थिए । पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको भौतिकपूर्वाधार विकासमा सडक, खानेपानी, सिंचाई, विद्युत, भवन निर्माण मुख्य प्राथमिकतामा परेको भनाई राखेका थिए । आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सरकारको निर्वाचनमा स्थानीय तहको निर्वाचन भन्दा उन्नत प्रकारको गठबन्धन गरेर चुनावमा भाग लिने भनाई राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्