Hamro Sanchar

मेरो स्मृतिमा चन्द्रा थानी

मायाप्रसाद शर्मा (आयाम) प्रकाशित : २०७९/४/२३ गते
काठमाडाै‌

कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको याद पनि निरन्तर आइरहदो रहेछ । २०७७ भाद्र २८ चन्द्रा थानी दिव¨त भएको खवर आयो । जीवन हर्ष र विस्मातको वीचबाटै गुर्जिएको हुन्छ । हामी चाड, पर्व, जन्म, मृत्युमा त्यती महत्व राख्दैनौ । स्वभावीक प्रकृया ठान्दछौ । तर पनि मोड न हो, खुशिको सिमा एकैछिन पछि पिडामा बदलिएको थियो । त्यही पिडादायी घटना भएको आज १ वर्ष पुरा भएछ । मैले वहाँको वारेमा सस्मरण लेख्ने प्रयत्न धेरै पटक गरे त्यसबारे क.चक्रपानीसँग कुरा भैरहन्थ्यो । हो है गर्मी आयो त्यो पनि गयो, पत्झर आयो त्यो पनि गयो, बर्षा आयो त्यो पनि गयो, समय त्यसरी नै बित्दै जान्छ । उमेर पनि बाल, युवा, प्रोढ, बृद्ध अन्य । तर त्यसो भएन यो अलि अमिल्दो भयो ।

चन्द्रा दिदी अर्थात क. चन्द्रा २०१७ चैत्र १६ गते जन्मिएर ०७७ भाद्र २८ गते करिब साठी वर्षको उमेरमा यो धर्तिबाट विदा लिने दुखद परिणाम निस्कियो । मान्छेले भन्छन राम्रो मान्छेलाई बाच्ने अधिकार हुदैन । वहाँ अर्थात चन्द्रा दिदी सुर्खेतको एउटा बिकट गाउँ वयलडाँडामा जन्मिनु भयो । बुवा प्रजापति थानी र आमा भुमिदेविको पहिलो सन्तान भएकाले आमा बुवाको रेखदेख र भाई बहिनीहरुको स्याहार सुसार गर्नु मानै व्यस्त हुनुपर्यो भन्ने कुरा कहिले काही अन्तरङ्गको छलफलमा ब्यक्त गर्नुहुन्थ्यो । तर त्यो समयको त्यही बीचबाट समय निकालेर पव्लीक हाइस्कुल अर्थात हालको जनउच्च मा.वि.मा अध्ययन गर्नु भएछ । छोरीलाई पढाउन हुन्न भन्ने संस्कारलाई तोड्ने कुरा चानचुने थिएन । छोरीले अहिले पनि निर्धक्कसँग पढ्न पाउने वातावरण बनेको देखिदैन । साथै उनिहरुले आफनो प्रियतम आशुहरुले दिन निर्वाह गरिरहनु पर्छ त्यो समयमा झन कति कठिन थियो होला । तर पनि गाउँ शहर सबै तिर हाम फाल्ने साहस सहित पदमकन्या क्याम्पस वागबजार काठमाण्डौंबाट उच्च शिक्षा हासिल गर्नुभयो । एक शिक्षित नारीको रुपमा आफुलाई उभ्याउनु भयो । हाम्रो जिन्दगी एउटा आईमाई हो भन्ने कुरा तोड्न सफल हुनुभयो । क.चन्द्रा थानीलाई जव मैले चिने उतिवेला देखी म वहालाई एक सवल, कर्तव्य निष्ट नारीको रुपमा बुझ्न थाले । सवै मान्छे एकै प्रकारका हुदैनन । वहाँमा मानिसहरुको परिश्रमबाट जीवनमा धेरै कुरा आर्जन गर्न सकिन्छ तर क्रोधले मान्छेलाई गुलाम बनाउन प्रेरित गर्दछ भन्ने बुझाइ थियो । वहाँको बोलीमा निष्टता, मर्यादित, नम्रता थियो तथा मिलनसार स्वभाव थियो । २०३८ सालमा सलकोट निवासी चक्रपाणी शर्माका साथ विवाह वन्धनमा बाधिनु भएकी चन्द्रा दिदीका ३ छोरी सुश्मिता, स्मिृति, अश्मिता र एउटा छोरा गहेन्द्र हुनुहुन्छ । वहाँ छोराछोरी सवैसँग बराबरी स्नेह राख्नुहुन्थ्यो । क.चन्द्रा थानी एउटा गृहणी मात्र होइन वहाँ एक समाजसेबी, कुशल राजनितिज्ञ पनि हो । वहाँले समाज परिवर्तनका लागी खेलेको भुमिका, राजनैतिक सिद्धान्त र व्यवहारिक प्रयोग वीचको उचित तालमेल वा प्रयोग अनुसरणिय र अनुकरणिय छ । २०२८ सालमा अखिल (छैटौ) को सदस्यता लिएर विद्यार्थी राजनितिमा प्रवेश गर्नुभएको वहाँले ०३७ सालको स्ववियु निर्वाचनमा पदमकन्या क्याम्पसको कोषध्यक्षको उम्मेद्वार भई झिनु मतअन्तरले पराजित हुनुभएको कुरा भन्ने सुनेको थिए ।

वहाँ एक खुला र स्पष्ट कुरा गर्न सक्ने एक संगठक नारी मात्र होईन एक भौतिकवादी नारी भएको राम्रोसंग बुझन सकिन्छ । पदार्थ र चेतना बीच एकरुपता हुन्छ तर पदार्थबाट चेतनाको विकास हुन्छ भन्ने मन्यता राख्नुहुन्थ्यो । वहाँ कति राम्रोसँग व्याख्या गर्नुहुन्थ्यो है पदार्थबाट जीवन, जीवनबाट मष्तिस्क र मष्तिस्कबाट चेतनाको जन्म हुन्छ । चेतनाको स्वरुप मध्य संबेदना, भावना, विचार संकल्प, अवधारणा,चिन्तन, सिद्धान्त, दृष्टिकोण आदि रुपहरु हुन्छन । वहाँले यही मान्यता राखेर समाज जागरण र संगठीत गराउन ०४१ साल देखि खादै आएको जन मा.वि.विध्यापुर, सुर्यप्रकास मा.वि पलौटेको शिक्षक जागीर छोडेर राजनितिमा लाग्नु भएको थियो रे ? साहित्य अनुरागी चन्द्रा थानीले आफना विचार, दृष्टिकोण, भावनाहरुलाई संकल्प कबिता ०५५, नारी चेतना ०५५, कल्त्ययाम ०६८ कविता संग्रह निकाल्नु भयो भने सौगात, कोशेली, सुमन, राता थुगां लगायतका साहित्यक प्रकाशनहरुमा लेख, रचना, कविताहरु लेख्नुभएको कुरा बुझिन आएकोछ । साहित्य तथा राजनैतिक नेता थानी प्रगतिशिल लेखक, एकिकृत जन साँस्कृतिक संघ, मध्येपश्चिम साहित्य परिषद, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, इच्छुक साँस्कृतिक प्रतिष्ठानहरुको नेतृत्वहरुमा कुशलतापुर्वक काम गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) को मोर्चा देशभक्त जनगणतत्रिक मोर्चामा नेतृत्व पंत्तीमा रहेर काम गर्नु भएको थियो ।

मानिस अन्य सवै प्राणीहरु मध्य श्रेष्ट मनिन्छ । मनिस मध्येपनि कम्युनिष्ट श्रेष्ट मनिन्छ । त्यसैले कम्युनिष्टले अन्धविश्वास र रुढिवादमा होइन भौतिकवादमा पुर्न विश्वास राख्दछ । एउटा कम्युनिष्ट शब्दमा मात्र होइन कर्ममा कम्युनिष्ट कसरी हुने भन्ने मान्यता वहामा थियो । सिद्धान्त एवं क्रान्ति प्रति अघाद निष्ठा, उच्च दुरदर्शिता, असिम वलिदानी भाव, बुद्धि, साहास र क्षमता हरेक नेतृत्वहरुका लागि आवश्यक गुण हुन भन्ने मान्यता वहाँमा थियो हो पनि । वहाँ प्रगतिशिल संघ सस्थाबाट उच्चकोटिको कार्यको मुल्याङ्कण सहित सुर्खेती कल्याण समाज काठमाडौं ०५१ साल र इच्छुक स्मृति प्रतिष्ठान काठमाडौं २०७२ सालमा प्रतिभा पुरुष्कार प्राप्त गर्नु भएको थियो । वहाँले आफ्नो देशमा मात्र होइन अन्य देशहरु अमेरिका, बेलायत, स्पेन, वंगलादेश भारतका पनि अनुभवहरु समाल्नु भएको थियो । उच्च विचार र साधा जीवनका धनि क.चन्द्रा थानीको अकल्पनीय मृत्यु निकै मह¨ो सावित भयो । समाज र राष्ट्रका लागि निकै घाटा लाग्यो, व्यक्तिगत जीवन र पार्टी जीवनलाई कुशलतापुर्वक हाक्दै आउनुभएकी दिव¨त कमरेड चन्द्रा थानीको वार्षिक स्मृतिमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । वहाँको जीवन साथी क.चक्रपाणी शर्मा, छोरा गहेन्द्र, छोरीहरु सुश्मिता, स्मिृति अश्मिता, नाति नातिनि आर्यान, अपान्स, स्प्रीहा, स्मेरा, प्रिशिला, जुवाइहरु टंक, अजय, सुशिल लगायत सवैसवैमा गहिरो समबेदना । क.चन्द्रा थानी भौतिकरुपले दिव¨त भएपनि युगयुगसम्म जीवित रहनुहुनेछ । अस्तु ।


Tagged ,
प्रतिकृया दिनुहोस्