News Portal

कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोपको कार्यतालिका सार्वजनिक

४६५ पटक

जिल्लाका सात वटै पालिकामा कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोप अभियान सुरु हुने भएको छ । ५ बर्षदेखि माथि र ११ बर्षभन्दा कम उम्मेर समुहका बालबालिकाहरुलाई लगाईने फाईजर–बायोएनटेक खोप अभियानको कार्यतालिका सार्वजनिक भएको गरिएको छ । खोप अभियानको कार्यतालिका स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सोमबार सार्वजनिक गरेको हो ।

दुई डोज लगाउनुपर्ने कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोप अभियानको पहिलो डोज यही भदौं १० देखि १४ गतेसम्म छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकामा लगाईने कार्यतालिकामा उल्लेख गरिएको छ । कार्यतालिकामा छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकामा फाईजर–बायोएनटेक खोपको दोस्रो डोज आगामी असोज ४ देखि ८ गतेसम्म लगाईने उल्लेख गरिएको छ । त्यसैगरी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा खोपको पहिलो डोज यही भदौं १२ देखि १५ गतेसम्म लगाईने छ भने, दोस्रो डोज आगामी असोज ९ देखि १२ गतेसम्म लगाउने कार्यतालिका रहेको छ । त्यसैगरी भेरी नगरपालिका र कुशे गाउँपालिकामा खोपको पहिलो डोज यही भदौं १५ देखि १९ गतेसम्म लगाईने छ भने, दोस्रो डोज आगामी असोज ६ देखि ९ गतेसम्म लगाउने कार्यतालिका रहेको छ ।

कार्यतालिकामा भनिएको छ–‘पाईक पर्ने विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाईने छ ।’ सात वटै पालिकाका ३३ हजार ४१८ बालबालिकालाई कोभिड–१९ विरुद्धको फाईजर–बायोएनटेक खोप लगाउने खोप अभियानको लक्ष्य रहेको छ । खोप पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउन सकिने बताईएको छ । ९१ प्रतिशत खोपको प्रभावकारिता रहेको जानकारी दिईएको छ । ५ बर्षमनि र ११ बर्षभन्दा माथिका बालबालिकालाई उक्त खोप लगाउने अनुमति छैन । खोपको पहिलो डोजले गम्भीर असर देखाएमा, एलर्जी भएमा, कोभिड–१९ भएको अबस्थामा फाईजर–बायोएनटेक खोप लगाउन मिल्ले अनुमति दिईएको छैन ।

प्रतिकृया दिनुहोस्