News Portal

भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

४६० पटक

यही भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा तयारी गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो ।

प्रदेश पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गरे पश्चात जिल्ला पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरेको हो । जिल्ला पूर्णखोप समन्वय समितिको यही भदौं ५ गते बसेको बैठकले पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न प्रदेश पूर्णखोप समन्वय समितिलाई अनुरोध गरेको थियो । जिल्ला पूर्णखोप समन्वय समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै प्रदेश पूर्णखोप समन्वय समितिले ६ गते नै जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गरेको छ ।

प्रदेश पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्न प्रमाणिकरण गरेपछि जिल्लालाई यही भदौं १२ गते पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । पूर्णखोपयुक्त जिल्ला घोषणाको औपचारिक कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा तय गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर शान्त बुढाथोकीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा जिल्ला पूर्णखोप समन्वय समितिले जिल्लाका सातवटै पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, पत्रकार, स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, महिला स्वयंसेविका, उद्योगबाणिज्यका प्रमुख तथा प्रतिनीधि, स्वास्थ्यकर्मी र विद्यालयका प्रमुखहरुलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ ।

प्रतिकृया दिनुहोस्