Hamro Sanchar

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/१३ गते
जाजरकोट

सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट जिल्लाबाट प्रतिनीधि सभा सदस्य पदमा चुनाव लड्न कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा कोच कार्कीले आफु कुनै पनि दल र पार्टीबाट नभएर प्रतिनीधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । कसैलाई चुनाव जिताउन र हराउन नभएर आफुले चुनाव जित्नका लागि उम्मेदवारी घोषणा गरेको कार्कीले दावी गरेका थिए । छेडागाड नगरपालिका–१२ को कार्कीगाउँमा जन्मिएर कार्कीगाउँमै हुर्की, पढेर अहिले जाजरकोट जिल्लालाई विश्व सामु चिनाउन पाएकोमा आफुलाई गर्वानुभुति हुने गरेको बताउदै कार्कीले जिल्लाको सामाजिक तथा साँस्कृतिक रुपान्तरण र पूर्वाधार विकासमा योगदान गर्न जाजरकोट जिल्लाबाट जनअनुमोदित हुन चाहिरहेको बताए ।

जीवन रुपान्तरण र सकारात्मक सोचका विश्व ख्याती प्राप्त प्रशिक्षक कार्कीले ३३ प्रतिशत पार्टी संगठन र जनमतका पक्षमा मात्र काम गर्दै आएका अहिलेका दलका नेता र जनप्रतिनीधिहरुदेखि ६७ प्रतिशत जनमत सन्तुष्ट हुन नसकेको तर्क गरेका थिए । ६७ प्रतिशत जनमतका पक्षमा उभ्याउन आफुले स्वतन्त्र उम्मेदवारी दिन लागेको कार्कीले भनाई राखेका थिए । चुनाव लड्न आफुलाई कुनै पनि पार्टीका संगठनहरुले असर नगर्ने बताउदै कार्कीले मतदान गर्ने भनेको विषय अन्तरआत्माको अभिव्यक्ति भएको बताए । अन्तरआत्माको अभिव्यक्तिलाई अभिव्यक्त गर्न काठमाडौंको अक्सलको जनता र जाजरकोटको जुनीचाँदे, बारेकोट र कुशेको जनताको चेतना एउटै स्तरमा रहेको कार्कीले दावी गरेका थिए । सबैभन्दा बढि परिवर्तनशिल सोच राख्ने, परिवर्तनकारी बुझाई भएका जनता भनेकै जाजरकोट जिल्लामा भनेको उनले तर्क गरेका थिए ।

पाउनका लागि नभएर आफुसंग भएको दिनका लागि आफु चुनाव लड्न लागेको जानकारी दिदै कार्कीले पूर्वाधार, आर्थिक, सामाजिक जस्ता जिल्लाको समग्र विकासका पक्षमा सदनमा स्वतन्त्र, निर्भय तरिकाले आवाज उठाउन आफु जस्तै धेरैको आबश्यकता रहेको बताए । आफुले राष्ट्रिय स्तरमा संचालन गरेका सामाजिक अभियान मध्ये सुरक्षित मातृत्व अभियान अन्तरगत अहिले देशैभरी बर्थिङ्गसेन्टर बनिरेहेको कार्कीले बताए । उनले बताए अनुसार राष्ट्रिय स्तरमा संचालन गरेका सामाजिक अभियान अन्तरगत पूर्णखोप सुनिश्चित जिल्ला घोषणा अभियान देशव्यापी रुपमा अगाडी बढिरहेको छ । छोरीका लागि स्वर्णिम भविश्य अभियान अन्तरगत देशव्यापी रुपमा बाल बिबाह न्युनिकरणको अभियान अगाडी बढिरहेको छ । त्यसैगरी कोभिड–१९ को विश्वव्यापी प्रभावलाई रोकथाम, नियन्त्रण तथा उपचार गर्न कार्कीले राष्ट्रिय स्तरमा युनिफाईड युनिट अभियान संचालन गरेका थिए । जाजरकोट जिल्लाबाट आगामी मंसिर ४ को चुनाव लडेर सामाजिक अभियान्ता कार्कीले जितेपनि वा चुनाव जित्न नसकेपनि निकट भविश्यमै हिमाली तथा पहाडी जिल्लाका सामुदायिक विद्यालयहरुमा वाटर हिट कार्यक्रमलाई राष्ट्रिय स्तरमै संचालन गर्ने योजनामा रहेका छन् ।

स्वास्थ्य क्षेत्रमा दक्षिण अफ्रिका र अमेरीका जस्ता देशको परामर्शदाताका रुपमा काम गर्दै आएका कार्कीको व्यक्तित्व नेपालको कुनै पनि पद र पोष्टमा मिल्न र मिलाउन सकिने बजारमा चर्चा चल्न थालेको छ ।

प्रतिकृया दिनुहोस्