Hamro Sanchar

नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस

प्रदेश सभा क मा सिंह र ख मा सहमतिको प्रयास

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/२० गते
जाजरकोट

आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो ।

एमाले निकट अनेरास्ववियुबाट सक्रिय राजनितिमा सक्रिय भएका नेता आचार्य युवा संघको महासचिव हुँदै हाल पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका छन । समानुपातिकबाट प्रतिनीधि सभा सदस्यको लार्गि गोविन्द विक्रम शाह र कृष्ण बहादुर शाहीको नाम सिफारिस गरिएको नेकपा एमाले स्रोतले जानकारी दिएको छ ।

कर्णाली प्रदेश सभा क बाट प्रदेश सभा सदस्यका लागि केन्द्रिय सदस्य डम्बरबहादुर सिंहलाई सर्वसम्मत उम्मेदवारमा नेकपा एमाले जाजरकोटले सिफारिस गरेको छ । समानुपातिक तर्फ प्रदेश सभा क बाट नवेन्द्र नेपाली, कालु हमाल, लक्ष्मी नेपाली, तारा शाक्य र हरिबहादुर घर्तीको नाम सिफारिस गरिएको छ ।

पुर्व पार्टी अध्यक्ष तथा हालका प्रदेश सभा सदस्य करवीर शाही प्रदेश सभा ख बाट पुनः दोरिन चाहेका छन् भने हालका पार्टी अध्यक्ष खिमबहादुर शाहीले आफुले टिकट पाउनु पर्ने दावी गरेका छन् । सर्वसम्मत उम्मेदवार बनाउने प्रयास जारी भएपनि कुरा मिल्न सकेको छैन । कुरा मिल्न नसके दुवै जनाको नाम प्रदेश समिति हुँदै केन्द्रिय समितिमा पठाउने तयारी भएको एमालेका जिल्ला कमिटी सचिव वीरबहादुर गिरीले बताए । ‘करवीर शाहीले अवसर पाई सकेकाले यस पटक खिम शाहीलाई अवसर दिनु पर्ने धेरै कार्यकर्ताको मनोभावना देखिन्छ । सहमतिमै सवै कुरा टुङ्गिन्छ’ सचिव गिरीले भने । समानुपातिक तर्फ प्रदेश सभा ख बाट कुमारी थापा, जीतबहादुर थापा, करवीर चदारा र सरिता वलीको नाम सिफारिस गरिएको छ । स्थानिय चुनाव लडेर पराजित भएका र अवसर पाईसकेकालाई यस पटक सिफारिस नगरिएको सचिव गिरीले बताए ।


Tagged
प्रतिकृया दिनुहोस्