Hamro Sanchar

नेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस

प्रदेश सभा सदस्यमा निर्वाचित वडा अध्यक्षसहित ७ जनाको नाम सिफारिस

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/२० गते
जाजरकोट

नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह सहित ७ जनाको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ प्रतिनीधि सभा सदस्य पदमा विभिन्न कलष्टरबाट ४ जनाको नाम सिफारिस गरेको छ भने, प्रदेश सभा क र ख गरी दुई निर्वाचन क्षेत्रबाट १२ जनाको नाम सिफारिस गरेको छ । आईतबार सम्पन्न जिल्ला समितिको बैठकले प्रदेश समिति समक्ष उक्त नामहरु सिफारिस गरेको हो ।

उक्त जिल्ला समिति बैठकबाट प्रतिनीधि सभा सदस्यको उम्मेदवारका लागि पार्टी केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस भएको नेपाली काँग्रेस, जाजरकोट सचिव तेज विक्रम शाहले जानकारी दिए । सचिव शाहले दिएको जानकारी अनुसार प्रतिनीधि सभा सदस्य समानुपालिक तर्फ मैना कार्की रावल, लाली आरसी, जनक वादी र झुपी सुनारको नाम सिफारिस गरिएको छ । त्यसैगरी प्रदेश सभा (क) को प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारहरुमा पार्टी सभापनि वेदराज सिंह, पूर्व सभापति दीपक जंग शाह, मुक्ति प्रसाद आचार्य, पार्टी सचिव तेज विक्रम शाह, जिल्ला समिति सदस्य महेन्द्र बहादुर शाह र भेरी नगरपालिका–३ का निर्वाचित वडा अध्यक्ष तथा नेपाली काँग्रेस प्रदेश सभा (क) का पार्टी सभापति लिला बहादुर शाहको नाम सिफारिस गरिएको सचिव शाहले जानकारी दिएका छन् । सचिव शाहले दिएको जानकारी अनुसार प्रदेश सभा (क) बाट समानुपातिक तर्फ कर्णाली प्रदेश समितिका उप–सभापति सनत कुमार कार्की, सह–महामन्त्री रामछाँया शाही, बिष्णु गिरी, कालु ज्योति, हजारी नेपाली, रिता पुन, भुमिलाल रोकायको नाम सिफारिस भएको छ ।

त्यसैगरी प्रदेश सभा (ख) को प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारमा पार्टी उपसभापति खडक बिसीको नाम सिफारिस भएको छ भने, समानुपातिक तर्फ रत्न अधिकारी, गिता शाही, रेश्मा खत्री, पृर्थी बहादुर बुढाको नाम सिफारिस गरिएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्