News Portal

नेकपा (माओवादी केन्द्र), जाजरकोटबाट प्रतिनीधि सभामा सर्वसहमत पूर्वमन्त्री बस्नेतको नाम सिफारिस

५६२ पटक

आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो ।

त्यसैगरी समानपातिक तर्फ प्रतिनीधि सभा सदस्यमा महिलाबाट पार्वति थापा (आस्था), आदीबासी जनजातिबाट ढकवीर राना (शान्त), दलित तथा अल्पसंख्यकबाट कृष्णराज विक (पुनित), खसआर्यबाट प्रेम बहादुर खत्री (आयोग), पिछडीएको क्षेत्रबाट काली बहादुर मल्ल (जितेन्द्र) को नाम सिफारिस भएको नेकपा (माओवादी केन्द्र) जाजरकोट जिल्ला समन्वय समितिका संयोजक टेक बहादुर रावल दर्शनले जानकारी दिएका छन् ।

प्रत्यक्ष तर्फ प्रतिनीधि सभामा नाम सिफारिस भएका शक्ति बहादुर बस्नेत नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उप–महामन्त्री हुन् । पूर्व स्वास्थ्य तथा जनसंख्या, गृह र वन तथा वातावरण मन्त्री बनिसकेका बस्नेत २०७० सालमा सम्मपन्न दोस्रो संविधान सभा निर्वाचन जाजरकोट निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् भने, २०७४ सालमा सम्पन्न प्रतिनीधि सभाको निर्वाचनमा जाजरकोट जिल्लाबाट निर्वाचित संघीय साँसद हुन् । ४९ बर्षको संसदीय चुनावको ईतिहासमा जाजरकोट जिल्लाबाट दुई पटकको निर्वाचन विजय हासिल गर्नेमा पहिलो साँसद बस्नेत नै हुन् ।

समानुपातिकबाट संघमा नाम सिफारिस भएका काली बहादुर मल्ल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज हुन् । मल्ल २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा जाजरकोट क्षेत्र नं. १ बाट निर्वाचित सभासद हुन भने, यो भन्दा अगाडीको राष्ट्रिय सभा सदस्य थिए । आदिबासी जनजातिबबाट समानुपातिकबाट संघमा नाम सिफारिस भएका ढकवीर राना नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष हुन् । उनी २०६४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट भेरी नगरपालिकाको नगरप्रमुखका प्रत्यासी हुन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले प्रदेश सभा क को प्रत्यक्ष निर्वाचन तर्फ रामदीप आचार्य (बजिर) को नाम सिफारिस गरेको छ भने, समानुपातिक तर्फ खसआर्यबाट तिलक रावत (शुशिल), महिलाबाट पार्वति विक (शान्ता), आदिबासी जनजातिबाट टक बहादुर घर्ती (मुनाल), दलित तथा अल्पसंख्यकबाट जसे गाईन (जटिल), शहिद परिवारबाट राममाया हमाल (रमिता) को नाम सिफारिस गरेको जिल्ला समन्वय समितिका संयोजक रावलले जानकारी दिएका छन् । प्रत्यक्ष तर्फ प्रदेश सभामा नाम सिफारिस भएका आचार्य नेकपा (माओवादी केन्द्र) को केन्द्रिय सदस्य हन् । विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका आचार्य अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पुरा गरेर संगठनबाट विदाई लिएका थिए । आदिबासी जनजातिबाट प्रदेश सभा सदस्यमा समानुपातिकबाट नाम सिफारिस भएका घर्ती (मुनाल) पूर्व जनमुक्ति सेनाको बिग्रेट कमाण्डर हुन् । हाल उनी नेकपा (माओवादी केन्द्र) को विशेष प्रदेश कमिटीका उपाध्यक्ष हुन् ।

बैठकले प्रदेश सभा ख को प्रत्यक्ष निर्वाचन तर्फ वीर बहादुर रावत (सौगात) को नाम सिफारिस गरेको छ भने, समानुपातिक तर्फ खसआर्यबाट यज्ञ खत्री, महिला तथा शहिद परिवारबाट अम्बिका बस्नेत (शर्मिला), महिलाबाट चन्द्रकला अधिकारी, धर्मशिला बस्नेत, दलित तथा अल्पसंख्यकबाट गोरख परियार, आदिबासी जनजातिबाट मान बहादुर पुनको नाम सिफारिस गरिएको समन्वय समितिका संयोजक रावलले जानकारी दिएका छन् । प्रत्यक्षबाट नाम सिफारिस भएका रावत पूर्व जनमुक्ति सेनाका विग्रेड कमाण्डर हुन् । उनी २०७४ सालको निर्वाचनबाट निर्वाचित जिल्ला समन्वय समिति सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्