News Portal

चट्याङ्ग लागेर शिवालयमा छेडागाडका एक जनाको मृत्यु

६५८ पटक

चट्याङ्ग लागेर बिहिबार शिवालयमा छेडागाडका एक जनाको मृत्यु भएको छ । खराब मौसममा बाटोमा हिडिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो ।

चटयाङ्ग लागेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का २६ बर्षिय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । शिवालय गाउँपालिका–१ वडा कार्यालयको काठ चिरानी गरेर सामान राख्न शान्त पुनको घुम्ती पसलतिर जादै गरेका बुढा बेलुका ५ बजे चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी सहायक निरिक्षक नरेन्द्र रानाको कमाण्डमा ४ जना प्रहरी टोलीले घटना स्थलको सुरक्षा गर्नुको साथै जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा कार्यरत प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा गएको प्रहरी टोलीले घटना स्थल, मृतकको लासको जाँच तथा मुचुल्का गरेको प्रहरीले जनाएको छ । मृतक बुढाको लास पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोटका पुर्याएको प्रहरीले बताएको छ ।

 

चट्याङ्ग विद्युतिय करेन्ट हो । बादल आपसमा ठोकिएर यसका अणुहरु बीचको घर्षणबाट पैदा हुने विद्युतिय करेन्ट नै चट्याङ्ग हो । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ्ग बढी पर्दछ ।

प्रतिकृया दिनुहोस्