News Portal

शैक्षिक सुपरिवेक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत पुगे विद्यालयमा

२३७ पटक

नलगाड नगरपालिकाले शैक्षिक सुपरिवेक्षणलाई अगाडी बढाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अबस्था सुधार गर्न नगरपालिकाले सुपरिवेक्षणलाई अगाडी बढाएको हो ।

विद्यालय सुपरिवेक्षणको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी आफैले गरेका छन् । मानव विकासका लागि वनाईएका विद्यालयहरूवाट अपेक्षित नतिजा हासिल गर्न सकिएन भने, समुदाय अझ धेरै पछाडी पर्ने प्रमख प्रशासकीय अधिकृत गिरीको भनाई रहेको छ । मानव समुदायको क्षमता बृद्धिविकास गर्न हरेक व्यक्तिको पहिलो प्राथमिकतामा विद्यालयहरु पर्न जरूरी छ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने–“विशेषगरी विद्यालयका मुख्य एक्टर भनेका प्रधानाध्यापक र शिक्षक नै हुन । विद्यालयको शैक्षिक सुधार गर्न ७० प्रतिशत भन्दा वढी भूमिका शिक्षकसंग नै जोडिन्छ । जिल्लाका मन्त्री, माननीय देखि सवै महत्वपूर्ण व्यक्तिको मध्यनजर विद्यालयका कक्षाकोठा हुनुपर्छ । किनकी तिनै कक्षाकोठावाट उत्पादित जनशक्ति राज्य निर्माणका मुख्य आधार हुन ।”

विद्यालयका कक्षाकोठाहरू व्यवस्थित गर्ने लक्ष्य राख्न सकिएन भने अन्य विकासको दिगोपना कमजोर हुने मात्र नभई धराशायी हुने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । हामीले सुपरिवेक्षणका क्रममा सुझाव दिदै गएका छौं, कार्यान्वयन गरेर राम्रा विद्यालय, सक्षम विद्यार्थी वनाउने जिम्मा शिक्षक मित्रहरूको हुनेछ भने, त्यसमा शिक्षकहरुलाई सहयोग गर्ने काम विद्यालय व्यबस्थापन समिति र अन्य सरोकारवालाहरूको हुनेछ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने–“तपाईंहरूले नजानेकै त हैन, कही कतै अध्ययन गर्दा पढेका सिद्धान्तहरू अहिले व्यवहारमा आयननकी भन्ने मात्र हो, त्यहि बिषयलाई लिएर हामीले यतिवेला विद्यालय सुपरिवेक्षण गरिरहेका छौं ।”

भविष्यको समाजलाई थप व्यवस्थित वनाउन सक्ने दक्ष जनशक्ति उत्पादनको मुख्य जिम्मा शिक्षकहरुमा रहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत गिरीले शिक्षकहरुप्रतिको सामाजिक विश्वासले भविष्यको समाजले थप ठूलो जिम्मेवारी दिने बताएका छन् । आजको प्रयासलाई जीवन्त वनाउदै नजाने किन ? निरन्तर सुधारको कार्ययोजना वनाई अगाडि वढ्ने जाँगर जागे कसो सुधार नआउला ? अपेक्षित उपलब्धि हासिल भई सन्तुष्टि प्राप्त किन नहोला ? भनेर प्रश्न गरिरहेका प्रमुख प्रशासकीय अधिकृत गिरीले राम्रो विद्यालयका राम्रा अभ्यासहरू अनुकरण गर्न, जिम्मेवार शिक्षक र सरोकारवाला वन्न, लन, अनलन र रेललनलाई निरन्तरता दिन सबैलाई अपिल गरेका छन् ।

नलगाड नगरपालिकाको शैक्षिक अवस्था उत्तम वनाउन सकिने विश्वास पैदा गरेका प्रमुख प्रशासकीय अधिकृत गिरीले बालबालिकासंग ईन्ट्राकेशन गर्दा लगानी कतातिर जादैछ भन्ने विषयमा चिन्ताजनक अबस्था पाईएको बताएका छन् । १ क्याम्पस, १० माध्यामिक, ९ आधारभुत र ५२ प्राथमिक विद्यालयगरी जम्मा ७२ वटा शिक्षण संस्था रहेको नलगाड नगरपालिकाका सबै विद्यालयहरुमा शैक्षिक सुपरिवेक्षण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्