Hamro Sanchar

चौथो जाजरकोट महोत्सव पुस ११ गतेदेखि सुरु हुने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/५ गते
जाजरकोट

चौथो जाजरकोट महोत्सव यही पुस ११ गतेदेखि भव्य रुपमा सरु हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा झण्डै ५ करोड रुपैयाँ बराबरको कारोबार हुने उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।

महोत्सवको ८५ प्रतिशत काम पूरा भएको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले बताएका छन् । महोत्सवको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले भने–‘कृषि, पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक मेलाको रुपमा यस महोत्सवलाई लिएका छौं । महोत्सवमा एक लाख दर्शक आउने अनुमान गरेका छौं, पाँच करोड जतिको कारोबार गर्ने लक्ष्य छ ।’

भेरी नगरपालिका–३ तल्लो थाप्लेमा पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा अहिलेसम्मकै सर्वाधिक राशिको पुरुष खुल्ला भलिवल प्रतियोगिता राखिएको छ । राष्ट्रिय स्तरका कलाकार, स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवमा जाजरकोटका सात स्थानीय तहमा रहेका पौराणिक कला संस्कृतिको प्रर्दशन गरिने उद्योग वाणिज्य संघ जाजरकोटका महासचिव मोहन खड्काले जानकारी दिएका छन् ।

महोत्सवमा लोकदोहरी गायक कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, रामजी खाँड, शान्ति श्री परियार, हिमाल सागर, राजु पौडेल, मरिचमान श्रेष्ठ, शक्ति चन्द, सुनितानी परियार, प्रकाश कटुवाल सहित दर्जनौं कलाकारहरुको प्रस्तुति रहने बताईएको छ । महोत्सव पुस १७ गतेसम्म ७ दिन संचालन हुने मुल आयोजक समारोह समितिले जानकारी दिएको छ ।


Tagged ,
प्रतिकृया दिनुहोस्