News Portal

जाजरकोटमा ३० जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या १२६ पुग्यो

६७१ पटक

जाजरकोटमा शुक्रबार गरिएको परिक्षणबाट ३० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा संक्रमित विरामीहरुको संख्या १ सय २६ पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । जिल्लामा अब सक्रिय संक्रमित विरामीको संख्या १ सय २५ रहेको छ ।

जिल्ला अस्पताल खलंगा र छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा गरिएको एन्टीजेन परिक्षणबाट शुक्रबार ३० जनालाई कोरोना पुष्टी भएको हो । जिल्ला अस्पताल, जाजरकोटमा शुक्रबार ६५ जनालाई गरिएको परिक्षणबाट २१ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । त्यसैगरी छेडागाड नगरपालिकामा शुक्रबार २९ जनामा गरिएको परिक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिएका छन् । केसीले दिएको जानकारी अनुसार कोरोना पुष्टी भएका ९ जना मध्ये ५ जना नगरपालिकाका कर्मचारी रहेका छन भने, ३ जना शिक्षक र एक जना सर्बसाधारण नागरीक रहेका छन् ।

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहरपछि जाजरकोटमा कोरोना संक्रमितको संख्या १ सय २६ जना पुगेको थियो । एक जना संक्रमित विरामी सन्चो भएर घर फर्किएपछि जिल्लामा सक्रिय संक्रमित विरामीहरुको संख्या १ सय २५ रहेको छ ।

यो समाचार तयार पार्दासम्म जिल्लाको बारेकोट, कुशे, जुनीचाँदे, शिवालय गाउँपालिका र नलगाड नगरपालिकामा गरिएको परिक्षणको रिपोर्ट आई नपुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । अन्य पालिकामा गरिएको परिक्षणको रिपोर्ट आई पुगेमा संक्रमित विरामीहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भेरी नगरपालिका र छेडागाड नगरपालिकाले कोरानोको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न आईतबारदेखि एक हप्ताको लागि स्वास्थ्य, सरसफाई, फोहर व्यवस्थापन कार्य बाहेकका अन्य सम्पूर्ण दैनिक सेवा प्रवाहका कामलाई बन्द गरिएको सुचना सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्