News Portal

नलगाडमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

९४ जनाको शल्यक्रिया, ५५५ जनाको आँखा परीक्षण

४३३ पटक

नलगाड नगरपालिकाको दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी जाजरकोटको सहजीकरण र नलगाड नगरपालिकाको आयोजनामा दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको हो ।

शुक्रबार देखि सुरु गरिएको मोतिविन्दु शल्यक्रिया शिवीर सनिवारसम्म संचालन गरिएको नलगाड नगरपालिका, जाजरकोटले जनाएको छ । औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त शिवीरलाई आईतबार विहान समापन गरिएको थियो । दुई दिनसम्म चलेको शिवीरमा ४४ जना पुरुष र ५० जना महिला गरी ९४ जनाको मोतिविन्दुको अप्रेशन गरिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिदएकी छन् । उक्त शिवीरबाट ५५५ जनाले आँखा परीक्षणको सेवा लिएको सामुदायिक संयोजक सुनारले बताईन् । शिवीरमा औषधि र चश्मा पनि वितरण गरिएको थियो ।

नलगाड नगरपालिकाले प्रत्येक बर्ष विभिन्न दातृ निकायहरुसंगको समन्वयमा आँखा, कान, घाँटी, नाक, महिलाहरुको पाठेघर खस्ने समस्या सम्बन्धिको विभिन्न विशेषज्ञ स्वास्थ्य शिवीर संचालन गर्दै आएको नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले जानकारी दिएका छन् । हाल सम्पन्न गरिएको मोतिविन्दु शल्यक्रिया शिवीरबाट संसार देख्न छोडेका ९४ जनाले फेरी संसार देख्ने भएर नयाँ जीवन पाएको नगर प्रमुख रावतको भनाई रहेको छ ।

उक्त शिवीरबाट आँखा परीक्षण सेवा लिएका ५५५ जना र मोतिविन्दु शल्यक्रिया सेवा लिएका ९४ जना आँखाका बिरामीहरुले खुशी व्यक्त गर्दै नगरपालिका, नेपाल नेत्र ज्योतिसंघ र नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद दिएका छन् । शिवीरमा मोतिविन्दु शल्यक्रिया गरिएका ९४ जनाको अप्रेशन सफल भएको नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्