News Portal

सर्वसुलभ र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न

२३४ पटक

जिल्ला सदरमुकाम खलंगामा नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति, जाजरकोटको आयोजनामा आईतबार नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सदरमुकामको ठाँटी बजारमा रहेको सनराईज कटेजको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बाल बिबाह बिरुद्ध साँझा अभियान संजाल, जाजरकोट र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन), जाजरकोटले समन्वय गरेका थिए । नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले प्रस्तुत गरेको कार्य–पत्रमा भेरी नगरपालिकाको शिक्षा शाखा प्रमुख अमृत पुन, भेरी ज्ञानोदय क्याम्पस प्रमुख बलराम भण्डारी, शिव व्यवसायिक विद्यालयका प्रअ तिलक खत्री, भेरी त्रिवेणी मावि रिम्नाका शिक्षक रुद्र वली, त्रिभुवन मावि खलंगाका शिक्षक जनक केसीले पुरक भनाई राखेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, जिल्ला समन्वय समिति सदस्य खडक विसी, भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक राना, वडा नं. ८ का वडा अध्यक्ष वीर बहादुर चन्दले नि–शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका बिषयमा महत्वपूर्ण भनाई राखेका थिए । ईन्सेक जाजरकोट प्रतिनीधि दिनेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बालकुमार शर्मा, पत्रकार दीप बहादुर घर्ती, काली बहादुर नेपाली र प्रेम नेपालीले जिल्लाको शैक्षिक सुधार गर्न तालुकदार निकायलाई सुझाव दिएका थिए ।

नगरपालिका भित्रको शैक्षिक सुधार गर्न तथा गुणस्तरीयता मापन गर्ने सुचकहरु तयार गर्न भेरी नगरपालिकाकी उपप्रमुख सिता जैसीले सुझाव राखेकि थिईन । उनले शैक्षिक गुणस्तरका सुचकहरुमा रहेर आफुले नगरपालिका भित्रका सबै विद्यालयहरुको अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । विद्यालयको हाजिरी रजिष्टरमा ४५० भन्दा बिद्यार्थीहरुको नाम लेखिएको हुने तर, विद्यालयमा ११६ भन्दा बढि बिद्यार्थी हाजिर नहुने, शिक्षक दैनिक जाँड खाएर विद्यालयमा उपस्थित हुने अबस्थाको अन्त्य गर्नुपर्ने जिल्ला समन्वय समिति सदस्य खडक बिसीले भनाई राखेका थिए । विद्यालयको कक्षा कोठामा पुगेर विद्यार्थीहरुलाई नयाँपन दिनसक्ने जनशक्तिबाट अनुगमन गर्नुपर्ने, शिक्षकले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सरकारले निर्माण गरेको मापदण्डलाई पुरा गर्नुपर्नेमा जिसस सदस्य बिसीले जोड दिएका थिए । आर्थिक श्रोत व्यवस्थापन बिनाको संविधानका मौलिक हकको विभिन्न अनुसुचीमा लेखिएका बिषयले सार्थकता पाउन नसक्ने वडा नं. १ का वडाअध्यक्ष दीपक रानाले भनाई राखेका थिए । बागेश्वरी प्रावि पिपेको सेवाक्षेत्र अविभावकहरुले बार्षिक ६०० र विद्यार्थीका अविभावकहरुले बार्षिक १ हजार ५०० सय उठाएर दुई जना शिक्षकलाई तलब खुवाउनुपर्ने अबस्था रहेको अध्यक्ष रानाले बताए । वडा भित्रको शैक्षिक सुधार गर्न आफुले हेलो अध्यक्ष कार्यक्रम संचालनमा ल्याएको भेरी नगरपालिका–८ का वडा अध्यक्ष वीर बहादुर चन्दले भनाई राखेका थिए । गुणस्तरीय शिक्षाको पक्षमा सबै रहेता पनि गुणस्तरीय सार्वजनिक शिक्षा सुधारमा कसैको पनि भुमिका पुरा हुन नसकेको अध्यक्ष चन्दले बताएका थिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जाजरकोटका अध्यक्ष सहदेव बस्नेतको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा काम गरिरहेको हरिष वलीले जानकारी दिएका थिए । १४ बर्षमनिका सिमान्तकृत बालबालिकाहरुको क्षेत्रमा का मगर्दै आएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाले विशेष गरी १४ बर्षमनिका सिमान्तकृत बालिकालाई जोड दिदै आएको वलीले बताएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले भेरी नगरपालिकाको वडा नं. २, ५,६,७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडामा काम गरीरहेको जानकारी दिदै वलीले भेरी नगरपालिकाका १३ वटै वडाका ११४ जना १४ बर्षमनिका बालिका बिद्यालय भन्दा बाहिर रहेको बताएका थिए । त्यसैगरी १४ बर्षमनिका ७ जना बालिकाले बालबिबाह गरेको बताउदै वलीले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ७ महिने साक्षरता कक्षा संचालन गरेर उक्त बालिकाहरुलाई विद्यालय फर्काउने कार्यक्रम रहेको जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले जिल्लाको शैक्षिक सुधार गर्न परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने, विद्यार्थीहरुको भर्नादरलाई टिकाउ गर्न आबासिय विद्यालय बनाउनुपर्ने, गुणस्तरीय शिक्षाका मापदण्ड तथा सुचकहरु निर्माण गर्नुपर्ने सुझाव राखेका थिए ।

प्रतिकृया दिनुहोस्