Hamro Sanchar

नेपाल शिक्षक महासंघद्धारा जाजरकोट महोत्सवमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

प्रतियोगितामा भेरी त्रिवेणी मावि रिम्ना प्रथम, त्रिभुवन मावि खलंगा द्धितिय

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/१२ गते
जाजरकोट

जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि चौथो जाजरकोट महोत्सव सुरु भएको छ । उक्त महोत्सवको दोस्रो दिन नेपाल शिक्षक महासंघले अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

भेरी नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघ स्थानीय समितिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता भेरी त्रिवेणी मावि रिम्न प्रथम भएको छ भने, त्रिभुवन मावि खलंगाको दुई वटा टीम द्धितिय र तृतीय भएका छन् । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको प्रथम पुरस्कार ९ हजार, द्धितिय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ४ हजार ५०० रहेको नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघका अध्यक्ष रुद्र वलीले जानकारी दिएका छन् । अध्यक्ष वलीले दिएको जानकारी अनुसार विद्यार्थीहरुको अध्ययनशिल बानीको विकास गराउनुको साथै प्रतिभा पहिचान गर्न चौथो जाजरकोट महोत्सवमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो । महोत्सवको तेस्रो दिन तथा बुधबार नेपाल शिक्षक महासंघकै आयोजनामा अन्तर विद्यालय स्तरीय लोकगित प्रतियोगिताको आयोजना गरिने भएको छ ।

हाजिरी जवाफ र लोकगीत प्रतियोगिताको पुरस्कार संगै बिहिबार जाजरकोट महोत्सवको मुख्य मञ्चबाट बितरण गरिने नगरपालिका स्तरीय नेपाल शिक्षक महासंघले जनाएको छ । आजको हाजिरी जवाफ प्रतियोगितामा भेरी नगरपालिका भित्रका १० वटा विद्यालयका १६ वटा टीमले प्रतियोगितामा भाग लिएका थिए । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, उपप्रमुख सिता जैसी, नगर शिक्षा शाखा प्रमुख अमृत बहादुर पुन, ८ नम्बर वडा अध्यक्ष बीर बहादुर चन्द, ६ नम्बर वडा अध्यक्ष शशि बुढा, पेशागत संघ, संगठनका प्रमुख तथा प्रतिनीधिहरुको आथित्यतामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगिताको सहजीकरण त्रिभुवन मावि खलंगाका शिक्षक हरि बहादुर बस्नेतले गरेका थिए भने, औपचारिक कार्यक्रमको संचालन नगर स्तरीय नेपाल शिक्षक महासंघका सचीब टेक बहादुर थापाले गरेका थिए । हाजिरी जवाफ र लोकगीत प्रतियोगिता संचालन गर्न नेपाल शिक्षक महासंघलाई भेरी नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्