News Portal

अर्धबार्षिक समिक्षा बैठक सम्पन्न

६९२ पटक

जिल्ला सदरमुकाम खलंगामा अर्धबार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा बिहिबार जिल्लाको समिक्षा बैठक सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न समिक्षा बैठकमा जिल्लाका सात वटै पालिका, संघ र प्रदेशका सरकारी कार्यालय, विकास साझेदार निकायका संघ÷संस्थाहरुले अर्धबार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त समिक्षा बैठकमा विनियोजन गरिएको बार्षिक बजेट, हाल सम्मको खर्च प्रतिशत, तर्जुमा गरिएका योजनाको संख्या, सम्झौता गरिएका र सम्झौता गर्न बाँकी रहेका योजनाहरुको संख्या विवरण प्रस्तुत गरिएको थियो । गत साउन महिनादेखि हालसम्म हासिल गरिएका उपलब्धीहरु समिक्षा बैठकमा प्रस्तुत गरिएको थियो ।

जिल्लामा हालसम्म चालु र पुँजीगत मिलाएर ३२ प्रतिशत बजेट खर्च भएको समिक्षा बैठकमा प्रस्तुत अधिकांस प्रस्तुतिहरुमा देखाईएको थियो । ५० प्रतिशत भन्दा बढि विकास आयोजनाहरु सम्झौता भएका छन् । महत्वपूर्ण उपलब्धीका रुपमा नागरिक सहायता कक्ष स्थापना, शान्ति, सुरक्षालाई सुदृढ गर्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान, बालमैत्री वडा घोषणा लगाएतका विषयहरुलाई समिक्षा बैठकमा प्रस्तुत गरिएको थियो ।

भएका र गरिरहेका कामको पुर्नमुल्याङ्कण गर्नुको साथै समिक्षा बैठकले आगामी दिनमा अगाडी बढ्न मार्गदर्शन गर्ने विश्वास लिईएको छ । जिल्लाका स्थानीय तह र विकास साँझेदार निकायले योजना तर्जुमा गर्दा राष्ट्रिय योजना आयोगले तयार पारेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन–२०७८ लाई मुख्य आधार बनाउनुपर्ने, तर्जुमा गरिएको बजेट–योजनालाई कार्यन्वयन गर्न दोस्रो चौमासिकसम्म सतप्रतिशत उपलब्धी हासिल गर्न सकिने आधार निर्माण गरि सक्नु पर्ने समिक्षा बैठकले निष्कर्ष निकालेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको अर्धबार्षिक समिक्षा बैठकमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, प्रमुख जिल्ला अधिकारी अन्जन न्या्रपाने, जिल्ला समन्वय अधिकारी कृष्ण भट्टराई, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाही, नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले धारणा राखेका थिए । समिक्षा बैठकको संचालन जिल्ला समन्वय समितिका सदस्य खडक बिसीले गरेका थिए भने, स्वागत भाषण जिल्ला समन्वय समितिका उप–प्रमख दल बहादुर सिंहले गरेका गरेका थिए ।

प्रतिकृया दिनुहोस्