News Portal

त्रिभुवन मावि खलंगाले सम्पन्न ग¥यो सामाजिक परीक्षण

४०० पटक

जिल्ला सदरमुकाम खलंगामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले सामाजिक परीक्षण गरेको छ । शिक्षा नियमावली–२०५९ को नियम १७१ (क) बमोजिम त्रिभुवन मावि खलंगाले शुक्रबार सामाजिक परीक्षण गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार बहादुर शाहको अध्यक्षतामा आयोजित सामाजिक परीक्षण कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारी, सामाजिक परीक्षण समितिका पदाधिकारी, विद्यालयमा रहेको बाल क्लवका पदाधिकारी, विद्यालयका शिक्षक स्टापहरुको सहभागिता रहेको थियो । बिद्यालय व्यवस्थापनको पक्ष, शैक्षिक उपलब्धीको पक्ष, विद्यालयको आर्थिक अबस्था, भौतिक संरचनाका विषयमा केन्द्रित रहेर सामाजिक परीक्षण गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समिति, शिक्षक स्टाप र अविभावक संघका नियमित बैठक, निर्णय कार्यान्वयनको अबस्था, विद्यालयको नाममा रहेको स्रोत उपयोगको अबस्था, पारदर्शीता सम्बन्धि संचालन गरिएका कृयाकलाप, तथ्याङ्क विवरण तथा विद्यालय प्रोफाईलको प्रयोग, आर्थिक प्रणालीको व्यवस्थापन, विद्यार्थी सुविधा तथा सहयोग र कार्यसम्पादन संस्कृति भित्रका बिभिन्न सुचकहरुमा रहेर सामाजिक परीक्षण समितिले विद्यालयको मुल्याङ्कण प्रतिवेदन सार्वजनिक गरेको थियो । विजय जंग शाह संयोजक रहेको सामाजिक परीक्षण समितिको सदस्य सचिव प्रेम प्रकास केसीले सार्वजनिक गरेको सामाजिक परीक्षण प्रतिवेदनमा १०० पूर्णाङ्कका विभिन्न सुचकहरुमा त्रिभुवन माध्यामिक विद्यालय खलंगाले ७३ पूर्णाङ्क प्राप्त गर्न सफल भएको देखाएको थियो । सदस्य सचिव केसीले सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदनमा विद्यालयको कुल बार्षिक आम्दानी ३ करोड ४३ लाख ६५ हजार ५०० देखाएका थिए भने, २ करोड ७९ लाख १७ हजार १४४ रुपैया बार्षिक खर्च देखाएका थिए । त्यसैगरी उक्त बार्षिक आर्थिक प्रतिवेदनमा कृष्णजंग शाहको नाममा १ लाख ९२०, मनोज शाहको नाममा ५ हजार, पार्वती थापाको नाममा ९ हजार ६००, केदार बहादुर शाहको नाममा ५० हजार र राजुराजा सिंहको नाममा ९ हजार २५० पेश्की बेरुजो रहेको देखाईएको छ । प्रतिवेदनमा नेपाल बैंक लिमिटेडमा रहेको खातामा २४ लाख ३२ हजार ६५९ र सिटिजन बैंकमा रहेको खातामा ३ लाख २९ हजार ९६७ गरी जम्मा २७ लाख ६२ हजार ६२६ बैंक खातामा रहेको देखाईएको छ । त्यसैगरी नेपाल बैंक लिमिटेडमा विद्यालयको नाममा रहेको मुद्धती खातामा ७ लाख २४ हजार ५९४ रुपैया ९० पैसा र टिका भण्डारी छात्रबृत्ति कोषमा २ लाख रहेको देखाईएको छ ।

सामाजिक परीक्षण कार्यक्रमको सहभागी शिक्षक विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई विद्यालयको कक्षा कोठाको सरसफाईमा सहजता पैदा हुने व्यवस्थापन गर्नुपर्ने, कक्षा कोठामा फ्यान जहान गर्नुपर्ने, विषयगत शैक्षिक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, विद्यालय शौचालयको क्षमता वृद्धि गर्नुपर्ने, प्रयाप्त शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, बिज्ञान प्रयोगशालामा ल्याप अशिस्टेन्टको व्यवस्था गर्नुपर्ने लगाएतका सुझावहरु राखेका थिए ।

प्रतिकृया दिनुहोस्