Hamro Sanchar

२५ दिनपछि हिरासतबाट विप्लव नेकपाका निराजन रिहाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१०/११ गते
जाजरकोट

विप्लव नेतृत्वको नेकपा, जाजरकोट जिल्ला सचिवालय सदस्य निराजन सी बुधबार रिहाई भएका छन् । २५ दिनको हिरासत बसाई पछि कर्ण बहादुर रम्तेल (निराजन सी) रिहाई भएका हुन् ।

कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालो मोसो दलेको आरोपमा निराजन सी लाई प्रहरीले प्रक्राउ गरेको थियो । नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीको लेखित उजुरीका आधारमा निराजन सी लाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालतले थप गरेको म्याद अनुसार २५ दिनसम्म प्रहरीले गरेको अनुसन्धान पश्चात निराजन सी लाई बुधबार रिहाई गरेको नेकपा, जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए । सेक्रटरी विराजनले दिएको जानकारी अनुसार निराजनलाई जिल्ला अदालतकै आदेशमा बुधबार रिहाई गरिएको हो । २५ हजार धरौटीमा निराजनलाई अदालतले रिहाई गर्ने आदेश गरेको सेक्रेटरी विराजन सी ले जानकारी दिएका छन् । रिहाई भएका निराजनलाई नेकपा, जाजरकोटले खाँदा र टीका लगाएर भव्य रुपमा स्वागत गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्