Hamro Sanchar

नेकपा, जाजरकोट ईन्चार्जको जिम्मेवारीमा पौरख, व्युरो सदस्यको जिम्मेवारीमा विराजन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/१०/१५ गते
जाजरकोट

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका दुई युवा नेतालाई पार्टीले थप जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय समिति र कर्णाली व्युरोको बैठकलेले जाजरकोटका दुई युवा नेतालाई थप जिम्मेवारी दिएको हो ।

नेकपाको ९ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य पौरख सी लाई पार्टीको केन्द्रिय समितिको बैठकले जाजरकोट जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको छ । कपिलबस्तुमा यही माघ २ गतेदेखि सुरु भई ११ गते सम्पन्न भएको केन्द्रिय समितिको बैठकले पौरख सी लाई जाजरकोट जिल्ला ईन्चार्जको जिम्मेवारी दिएको हो ।

त्यसैगरी कर्णाली व्युरोको बैठकले जाजरकोटका युवा नेता विराजन सी लाई व्युरो सदस्यको जिम्मेवारी दिएको छ । आईतबार बाँकेको कोहलपुरमा सम्पन्न कर्णाली व्यरोको प्रथम बैठकले विराजनलाई व्युरो सदस्यको जिम्मेवाी दिएको हो । कलिलै उम्मेरमा पार्टीको जिल्ला सेक्रेटरीको जिम्मेवारी समालेका विराजनले व्युरो सदस्यको जिम्मेवारी प्राप्त गरेपछि निक्कै हर्षित भएका छन् । पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दै विराजनले आगामी दिनमा जनताको हित र पक्षमा निरन्तर संघर्ष गर्ने बताएका छन् ।

त्यसैगरी सानै उम्मेरमा राजनीतिमा लागेर राजनीतिको लामो अनुभव हासिल गरेका पौरखले पार्टीले दिएको जिम्मेवारीलाई जाजरकोटी जन्ताको हित र पक्षमा रहेर जिम्मेवारीलाई पुरा गर्ने बताएका छन् । पार्टीले दिएको राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने बताउदै पौरखले जनताले अनुभुति गर्ने प्रकारको परिवर्तनका पक्षमा निरन्तर संघर्षमा लागिपर्ने बताएका छन् । अहिलेको संसदिय व्यवस्थाको व्यवहारिक अभ्यासले पूर्णरुपमा असफल भएको प्रमाणित गरेको बताउदै पौरखले संसदिय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादको पक्षमा आम जनता जागृत हुनुपर्ने भनाई राखेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्