जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।
मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि बारेकोट र नलगाडका जनतामा संचारको पहँच पुगेकोमा खुसी ब्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यवाद दिनुका साथै अन्य क्षेत्रमा पनि टावर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाका ७ वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याइएको र यसबाट बारेकोट गाँउपालिका र नलगाड नगरपालिकाका अधिकांश भेगका सेवाग्राही लाभान्वित हुने नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपेन्द्र अधिकारीले बताउनुभयो ।
जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको २० वटा स्थानमा टेलिफोन टावर सञ्चालनमा ल्याएपछि ३ नगर र ४ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
जन्ते लेकमा टेलिकमको फोरजी सेवासहितको टावर संचालन
- १कर्णाली प्रदेशका उपसभामुखका स्वकीय सचिव आर्चायले दिए राजीनामा
- २जाजरकोटमा मातृ तथा पेरीनेटल मृत्युको निगरानी तथा प्रतिकार्यका लागि अभिमुखीकरण
- ३भुकम्प प्रतिरोध नमुना घर लाभग्राहीलाइ हस्तान्तण
- ४जाजरकोट भुकम्प पीडितका अस्थायी आबासको अन्तिम किस्ता दिन सरकारसंग माओवादी केन्द्रीय समिति बैठकको माग
- ५नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ समितिको अध्यक्षमा नेपाली
- ६नलगाडको रैथाने बालीको खरिद तथा विक्रि गर्ने जिम्मा लियो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले
- ७अनेरास्ववियु (क्रान्तिकारी) द्धारा नलगाडमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
- ८निर्माण व्यवसायी संघ, जाजरकोटको १५ औं साधारण सभा सम्पन्न
- ९घरघरमै खानेपानी धारा र शौचालय बनेपछि भुकम्प पीडित खुशी
- १०भुकम्पीय विपदले तोडेको भुगोलको सिमा