News Portal

२८ बुँदे घोषणा–पत्र जारी गर्दै नलगाड शैक्षिक अन्तरक्रिया एवं बहस सम्पन्न

९२९ पटक

नलगाड नगरपालिकाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रम बिहिबार दल्लीमा सम्पन्न भएको छ । २८ बुँदे घोषणा पत्र जारी गर्दै उक्त अन्तरक्रिया एवं बहस कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट जिल्लाको क्षेत्र नं. १ (क) का माध्यामिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागीतामा शैक्षिक अन्तक्रिया एवं बहस कार्यक्रम सक्पन्न भएको थियो ।

सम्पन्न शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रमले २८ बुँदे घोषणा पत्र जारी गर्नुको साथै नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीद्धारा प्रस्तुत गरिएको कार्यपत्र सर्वसहमतले पास गरेको छ । विद्यार्थीको क्षमता पहिचान गरी उपयुक्त परामर्श गर्ने र सन्दर्भ सामाग्री प्रयोग गरेर सिकाइ गर्ने कार्यमा जोड दिने । प्राविधिक शिक्षा संचालन भएका विद्यालयहरुले आयमुलक कार्यक्रमहरु संचालन गरी उद्यमशिलता प्रर्वद्वन गर्ने ज्ञानलाई उत्पादनसंग जोड्ने । न्युनतम सक्षमताको अवस्था विश्लेषण लागि चेक लिष्ट निर्माण गरी क्रमशः सुधारको कार्ययोजना बनाइ आवश्यक सुधार गर्न प्रतिवद्वता गर्ने । नीति निर्माणकर्ता, जनप्रतिनिधि, सरोकारवाला निकायले निरन्तर सुपर भिजन गर्ने सुधारमा निन्तर सहयोग गर्ने । जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ । यस क्षेत्रका विद्यायलयहरुको भौतिक र शैक्षिक व्यवस्थापन गर्न निरन्तर पहल गर्ने पूर्वाधारको गुणस्तरमा जोड दिने । श्रोत र साधनको पारदर्शिता व्यवस्थापनलाई व्यवस्थित गर्न परस्पर समन्वय गर्ने । विद्यालयमा गरिने आयमुलक र सृजनात्मक कार्यका लागि स्थानीय तहबाट आवश्यक आर्थिक प्राविधिक सहयोग गर्ने । सिकाईको गुणस्तर सुधार केन्द्रित अध्ययन अनुसन्धान लेखाजोखा गर्न अगाडी बढ्ने । विद्यायलयका समस्याहरु विशिष्ट र सक्ष्म रुपले अध्ययन गर्न सुधारको मौलिक कार्य योजना निर्माण गर्ने । विद्यालय सुशासनका विविध पक्षहरु सवलिकरण गर्ने । विद्यायलयलाई शान्तिक्षेत्र, राजनितिमुक्त क्षेत्र तथा बालमैत्री वनाउन पहल गर्ने घोषणा पत्रमा लेखिएको छ –तालिम प्राप्त शिक्षकको सिप र क्षमताको कार्यस्थलमा भरपुर उपयोग गर्ने ।

परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने । विद्यालय नियमनलाई प्रभावकारी वनाउने । समयमा पठनपाठन र गुणस्तरीय सिकाईका आधारहरु तयार गर्ने, कोर्ष पुरा गर्ने र कार्य योजना अनुसार अगाडी बढ्ने । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुकुलका क्रियाकलापहरु सम्पादन गर्दै जाने । प्रदेश सरकारबाट शिक्षण सिकाइ अनुदानको कार्यक्रम ल्याई शिक्षक दरवन्दीको अभाव हटाउन पहल गर्न अनुरोध गर्ने । शैक्षिक सुधारका नवर्तनात्मक कार्यक्रमका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने । स्थानीय पाठ्यक्रम निर्माण गर्न प्रदेश स्तरबाट आर्थिक प्राविधिक सहयोग गर्न अनुरोध गर्ने । एक पालिका एक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम लागु गर्न शैक्षिक शत्र २०८० देखी पहल गर्ने जारी गरिएको घोषणा पत्र भनिएको छ । सबै शिक्षकका लागि आवश्यक शैक्षणिक तालिमको प्रवन्ध गर्ने । सुपेरिवेक्षण कार्य प्रभावकारी वनाउन मोडालिटी तयार गर्न पहल गर्ने । दण्ड र पुरस्कार प्रणालीको प्रयोगलाई प्रभावकारी वनाउने । अविभावक शिक्षालाई विद्यालय एवं स्थानीय तह बाट व्यवस्थापन गर्ने । राम्रो गर्ने विद्यालयका क्रियाकलापहरु प्रचारप्रसारमा ल्याउने । विद्यालय खोल्ने र पठनपाठन हुने दिन नियमानुसार हुने गरि कार्य गर्ने । विद्यार्थीको सिकाई उपलब्धी सम्बन्धमा शिक्षकले प्रत्यक्ष जवाफदेहिता वहन गर्ने । स्थानीय तहले शिक्षामा २० प्रतिशत बजेट विनियोजनको सुनिश्चतता गर्न पहल गर्ने । घोषणा पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले उक्त शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रममा ‘सार्वजनिक शिक्षाको सबलीकरणमा देखिएका समस्या एवं चुनौतीहरु’ शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । एक मतले पास गरिएको ८ पृष्ठको कार्यपत्रमा सन्दर्भ सुरुवात, जाजरकोट जिल्लाको संक्षिप्त अवस्था, सरोकारवालाहरुको भूमिका विश्लेषण, सार्वजनिक शिक्षाको सवलीकरणमा देखिएका केहि मूख्य समस्या एवं चुनौतीहरु, शिक्षाको सवलीकरण गरी गुणस्तरिय शिक्षा दिन संभावना, अवसर र उपाय, सन्दर्भ सार उपशिर्षक रहेका छन् ।

उक्त शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रममा सुर्खेत जिल्लाको बड्डीचौर स्थित जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले जनज्योति मावि बड्डीचौरमा संचालन गरिएको पढ्दै कमाउदै कार्यक्रमको अभ्यास अनुभव प्रदान गरेका थिए । भेरी र नलगाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुखहरुले आआफ्नो पालिकाको शैक्षिक अबस्थाको बिषयमा कार्यक्रममा जानकारी गराएका थिए । प्रतिनीधि सभा सदस्य मैना कार्की रावल, प्रदेश सभा सदस्य वेदराज सिंह, शन्तोषी शाही, पुर्वमन्त्री गणेशप्रसाद सिंह, नलगाड नगरपालिकाका पूर्व प्रमुख टेक बहादुर रावल, बारेकोट गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्र बहादुर शाहले शैक्षिक सुधारका लागि नलगाडमा गरिएको शैक्षिक अन्तरक्रिया तथा बहस कार्यक्रममा प्रतिवद्धता जाहेर गरेका थिए भने, शिक्षकहरुका पेशागत संघ÷संगठनका प्रमुख तथा प्रतिनीधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले आ–आफ्नो धारणा राखेका थिए ।

जारी गरिएको २८ बुँदे घोषणापत्रको पूर्ण पाठः–

नलगाड शैक्षिक बहस २०७९ फागुन ११ बाट जारी घेाषणापत्र

कार्यक्रमबाट पारित गरिएको कार्यपत्रको पूर्ण पाठः–

नलगाड शैक्षिक अन्तरक्रिया एवं बहस, २०७९ फागुन ११ कार्यक्रमबाट पारित कार्यपत्र

प्रतिकृया दिनुहोस्