News Portal

नलगाडमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न

३१८ पटक

नलगाड नगरपालिकाको दल्लीमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, बनेपाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको हो ।

१८ बर्षभन्दा मनिका बालबालिकाहरुलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट जम्मा १६१ जनाले स्वास्थ्य परीक्षण लगाएतका विभिन्न सेवाहरु पाएको नलगाड नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । शिविरबाट बैसाखी, बाकस वितरण, अर्थोपेडिक सहायक सामाग्री नाप जाँच, Splint तयार तथा वितरण, फिजियोथेरापि, माईनर शल्यक्रिया, शल्यक्रियाका लागि भर्ना, परीक्षणका लागि रिफरलः, परामर्श सेवा, आबश्यकता अनुसारको औषधि वितरण लगाएतका सेवाहरु प्रदान गरिएको नलगाड नगरपालिकामा कार्यरत महिला सहायक निरिक्षक ज्योति रावलले जानकारी दिएकी छन् ।

रावलले दिएको जानकारी अनुसार शिविरबाट १८ बर्षभन्दा मनिका १ बालिका र १ बालक गरी २ जनाको माइनर शल्यक्रिया गरिएको थियो भने, २ बालक, १ बालिका गरी ३ जनाको अनुगमन परीक्षण गरिएको थियो । त्यसैगरी शिविरबाट ६१ जना बालक, ५८ जना बालिकागरी ११९ जनाको नयाँ परीक्षण गरिएको थियो । उक्त शिविरबाट सेवा पाउने १८ बर्षमनिका बालबालिकाहरुको संख्या १२२ जना रहेको थियो । १८ बर्षभन्दा माथिका ३९ जना वयस्कहरुले पनि उक्त शिविरबाट सेवा लिएको रावलले जानकारी दिएकी छन् । १८ बर्षभन्दा माथिका १७ जना पुरुष, २२ जना महिला गरी ३९ जनाले शिविरबाट विभिन्न सेवाहरु लिएका थिए । १ दिने शिविरबाट विभिन्न सेवा लिनेहरुकोे संख्या १६१ रहेको छ । जसमा ८० जना पुरुष रहेका छन् भने, ८१ जना महिला रहेका छन् ।

प्रतिकृया दिनुहोस्