News Portal

छेडागाड नगरपालिकाद्धारा पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित

३८३ पटक

छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । १३ औं नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको हो । महत्वपुर्ण साझेदारको रुपमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको थियो ।

छेडागाडको समृद्ध र विकास अभियानमा विगत पाँच बर्षदेखि निरन्तर साझेदारी भुमिकामा रहेका पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनलाई सम्मान पत्र प्रदान गर्नुको साथै खादा र अविर लगाएर सम्मान गरिएको थियो । शिक्षा, बालसंरक्षण, बालअधिकार शासन तथा जिविकोपार्जनका विभिन्न कृयाकलाप मार्फत नगर पालिकाकाको बालवालिका तथा समग्र विकासमा योगदान गरेको भन्दै नगर प्रमुख रत्न खडकाले सम्मान पत्र प्रदान गरेका थिए ।

कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न नगर सभाको उदघाटन सत्रमा उक्त सम्मान पत्र प्रदान गरिएको थियो । अवसर, सहयात्रा, नेपाली युवाहरुको लागि स्वस्थ्य रुपान्तरण लगायतका परियोजना मार्फत शिक्षा, स्वास्थ्य, वालसंरक्षण तथा जिविकोपार्जनमा नगरपालिकाका प्रथमिकता र आवश्यकताहरुमा सहयोग गरेको बताउदै नगरप्रमुख खड्काले आगामी दिनमा परियोजनाको सहयोग थप प्रभावकारी हुनेमा विश्वस्त भएको भनाई राखेका थिए ।

छेडागाड नगरपालिकाको प्रत्येक घरमा विद्युत, सञ्चार तथा मुख्य सडकलाई कालोपत्रे गर्ने आफ्नो कार्यकालको मुख्य लक्ष्य रहेको प्रदेश सभा सदस्य सिंहले भनाई राखेका थिए । आफुले लिएको लक्ष्य अनुसार कामको सुरुवात भईसकेको प्रदेश साँसद सिंहले जानकारी दिएका थिए । साँसद सिंहले छेडागाड नगरपालिको समग्र पक्षलाई स्वचालित बनाउन आवश्यक निति तथा कानुनहरु पारित गर्दै समुन्नत पालिका बनाउने अभियानमा सफलताको लागि शुभ–कामना प्रदान गरेका थिए ।

१३ औ नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा जिल्ला समन्वय समित प्रमुख काली बहादुर खत्री, नगरपालिका स्थित राजनैतिक दरका प्रमुख तथा प्रतिनिधि नगर कार्यपालिकाको सदस्य, सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । नगरसभालाई सफल बनाउन सबैको सहभागिता र सहयोगप्रति नगरप्रमुख खड्काले धन्यवाद व्यक्त गरेका थिए । १६ गतेदेखि सुरु भएको उक्त नगरसभा १७ सम्म दुई दिन सञ्चालन हुने छेडागाड नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्