Hamro Sanchar

शिक्षक संघ जाजरकोटको अध्यक्षमाः– बस्नेत

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/११/२३ गते
जाजरकोट

नेपाली काँग्रेस पार्टीको शुभेक्षुक संगठन नेपाल शिक्षक संघ जाजरकोटको अध्यक्षमा नारायणी मावि कार्कीगाँउका प्रधानाध्यापक गणेशकुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । संघको नबौ जिल्ला अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा भुमिलाल रोकाय, महिला उपाध्यक्षमा विष्णु आरसी, सचिबमा बालकृष्ण गौतम, अर्थ सचिवमा तेजबहादुर खत्री, सह–सचिबमा बद्रीनाथ योगी, देवबहादुर बस्नेत, रामबहादुर रावत, मायादेवी थापा र मीना केसी बुढा निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा पदमबहादुर खड्का, कृष्णबहादुर हमाल, धनिराम सिंह, सुनिता शाही, गणेशबहादुर शाही, नवराज बस्नेत र सिता चलाउने रहेका छन् ।

संघिय प्रतिनिधीमा गोरखबहादुर बुढा, कमल चन्द, आशा शाह कार्की र प्रदेश प्रतिनिधीमा दिनेश कुमार सिंह, वीरबहादुर हमाल, मोहनराज ज्योति, पार्वती थापा र सिता शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहले बताए ।

निर्विरोध निर्वाचित कार्यसमितिका लागि संघिय कार्यसमितिका उपाध्यक्ष जनक सिंह, संघिय सदस्य धिरेन्द्र शाह, प्रदेश समिति अध्यक्ष इलमबहादुर शाही र निवर्तमान अध्यक्ष आशा शाह सम्मिलित एक कार्यदल बनेको थियो । सोही कार्यदलले नै अध्यक्ष सहित विभिन्न पदाधिकारीको टुङ्गो लगाएको हो । निर्विरोध निर्वाचित पदाधिकारीलाई मंगलवार प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराईको अध्यक्ष गणेश बस्नेतले बताए ।


Tagged
प्रतिकृया दिनुहोस्