News Portal

कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित

६६५ पटक

कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अबिधेशनले कर्णाली प्रदेश समाज जापानको महाचिवमा जाजरकोटका हिम प्रकाश थापा निर्वाचित भएका छन् ।

दोस्रो अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर शाही, उपाध्यक्षमा भिम प्रसाद न्यौपाने, बिमल जिएम, केबी टमट्टा, माधव थापा, खेमराज शाह, ईन्द्रजित अधिकारी, विरेन्द्र शाही र जीवन शाहीलाई निर्विरोध निर्वाचित गरेको छ भने, महासचिवमा जाजरकोटका हिमप्रकाश थापालाई निर्विरोध निर्वाचित गरेको छ । सचिवमा नवराज थापा, हरी शाही, युवराज धमला र धिरज जंग शाही निर्वाचित भएका छन भने, कोषाध्यक्षमा महेन्द्र केसी, सह–कोषाध्यक्षमा गणेश बहादुर बिष्ठ र्विाचित भएका छन् । त्यसैगरी युवा संयोजकमा लक्ष्मण शाह र महिला संयोजकमा चरित्रा शाही निर्वाचित भएका छन् । सदस्यहरुमा प्रमोद रेग्मी, राम ढकाल, अमलाल एडी, रत्न रोकाय, प्रकाश टमट्टा, विमला हमाल, मदन सिंह ठकुरी, रमेश सिमखडा, शोक शाही, कृष्ण शाही, प्रदिप शाही, पिपला शाही र दुर्गा प्रशाद न्यौपाने निर्वाचित भएका छन् ।

प्रवासमा भाईचारा सम्बन्ध कायम गर्नुको साथै प्रवासबाटै कर्णालीका विभिन्न क्षेत्रमा योगदान गर्ने उद्देश्यले कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको महासचिव थापाले जानकारी दिएका छन् । महासचिव थापाले दिएको जानकारी अनुसार दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यअबधि सन् २०२३ देखि २५ सम्म रहने छ । नेपाली राजदुतावास जापानका महामहिम (राजदुत) डा. दुर्गा बहादुर सुवेधीको प्रमुख अथित्यतामा दोस्रो अबिधेशन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्