News Portal

जाजरकोटमा प्रहरी निरीक्षकको पुत्ला दहन

कुटपिटमा संलग्न प्रहरी निरीक्षकका विरुद्ध मसाल जुलुस

२५२ पटक

जिल्ला सदरमुकाम खलंगामा एक प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको छ । भेरी नगरपालिका–३ थाप्ले निवासी समाजसेवी विश्वविक्रम शाह लगायतका सर्वसाधारणलाई कुटपिट तथा दुब्यर्वहार संलग्न प्रहरी निरीक्षकको पुत्ला दहन गरिएको हो ।

जिल्ला सदरमुकाम खलंगाका स्थानीय युवाहरुले पुत्ला दहन गरेका हुन् । बुधबार बेलुका मसाल जुलुस निकालेका स्थानीय युवाहरुले ठाँटी बजारमा प्रहरी निरीक्षक नेपालीको पुत्ला दहन गरेका थिए । गत २२ गते स्थानीय युवालाई उपचार गरिरहेको अवस्थामा प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले एक्कासी अन्धाधुन्ध लठ्ठी चार्ज गरेको र गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेर थप यातना दिएको भन्दै स्थानीय युवाहरुले उनको पुत्ला दहन गरेका हुन् ।

बेलुका निकालिएको मसला जुलुसलाई कोण सभा गरी समापन गरिएको थियो । सभा कोणमा बोल्दै स्थानीय युवा दिनेश गौतमले सधैं न्यायको पक्षमा उभिने युवा समाजसेवी शाह लगायत स्थानीयलाई गरिएको दुब्र्यवहार र कुटपिटको घोर भत्र्सना एवं निन्दा गरेका थिए । साथै घटनाको निष्पक्ष छानबिनका लागी नागरिक अगुवा, मानवाधिकार कर्मी, पत्रकार, युवा लगायतको सर्वपक्षीय छानबिन समिती बनाउन माग गरेका थिए । गुन्डा शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गरी विभागीय कार्वाही गर्न माग गरेका थिए ।

त्यस्तै अर्का स्थानीय युवा अनिश कुमार कार्कीले कोण सभामा बोल्दै प्रहरीले गरेको ज्यादती विरुद्ध खेद प्रकट गरेका थिए । प्रहरीले युवाहरुलाई पटक–पटक गरिएको घृणित दुव्र्यवहारले सिमा नाघेको र अब उप्रान्त यस्ता अमानविय घटना नदोहरयाउन उनले आग्रह गरे । घटनाको छानबिन गरी यथाशक्य छिट्टै प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । युवा कार्कीले आफुहरुका न्योचित मागहरुलाई अवमूल्यन गरिएमा थप सशक्त संघर्षका कार्यक्रमहरु गरिने चेतावनी दिएका थिए ।

भाई मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार हुँदैछ । मेडिकल किन बन्द गर्ने भनेर विश्वविक्रमले भने लगतै बढी बोल्छस भनेर प्रहरीले निर्धात कुटपिट गरेको थियो । गुण्डागर्दी शैलीमा प्रहरीले गरेको कुटपिट र दुब्यर्वहारको स्थानीयले विरोध गरेका हुन् ।

प्रतिकृया दिनुहोस्