News Portal

विभिन्न कार्यक्रमको आयोजना गरेर छेडागाडमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

३६५ पटक

छेडागाड नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र छेडागाड नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईएको हो ।

“लैंगिक समानताको बलियो अधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नारा सहित छेडागाड नगरपालिकाका १३ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । बिद्यालय र वडा कार्यालयहरुको समन्वयमा बाल बिबाह न्युनीकरण सम्बन्धी सडक नाटक, महिला तथा बालबालिका माथि हुने हिंसा बिरुद्धका बक्तित्वकला प्रतियोगिता, लोक गीत, लोक नृत्य, कबिता बाचन, ¥याली, देउडा प्रतियोगीता लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो ।

उक्त विभिन्न कार्यक्रमहरुमा महिला तथा बालिका गरी २०० जना भन्दा बढिको सहभागीता रहेको थियो भने, ५० जना भन्दा बढि बालकहरुको सहभागीता रहेको थियो । छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी, समाजसेवी, नागरिक समाजका अगुवा, महिला अभियन्ता, शिक्षक, अभिभावक लगायतका व्यक्तिहरु कार्यक्रममा सहभागी भएका थिए ।

बाल बिबाह न्युनीकरणका लागी बालबालिकाहरु तथा सरोकारवालाहरुको भुमिका बिषयक बक्तित्वकला प्रतियोगीता आयोजना गरिएको थियो । बालबालिकाहरुको नेतृत्व बिकासमा सहजीकरण गरिएको थियो । साथै बालबालिकाहरुले महिला हिंसा बिरुद्ध सम्बन्धी र बाल बिबाहका नकारात्मक असरहरु सम्बन्धी सडक नाटकहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महिला तथा बालबालिकाहरुले देउडा खेल र लोक गीत तथा नृत्य मार्फत बालिका र महिला हिंसा बिरुद्धका जनचेतनामुलक सन्देश सहितका प्रस्तुती प्रस्तुत गरेका थिए ।े महिला तथा बाल अधिकार सम्बन्धीका कबिता बाचन र लोक गीत मार्फत सन्देश प्रबाह गरिएको थियो ।

आयोजित कार्यक्रममा उत्कृष्ट प्रस्तुतीहरु प्रस्तुत गर्ने बालबालिका र महिलाहरुलाई सेभ द चिल्ड्रेनको सहकार्यमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत पुरस्कार वितरण गरिएको थियो । साथै वडा कार्यालयहरुले पनि प्रतियोगीहरुलाई पुरस्कारको ब्यबस्था गरेका थिए ।

महिला सशक्तिकरण तथा महिला अधिकार संरक्षणमा नगरपालिकाले सधैभरी ध्यान दिदै आएको नगर उप–प्रमुख थापाले आयोजित कार्यक्रममा बताएका थिए । महिला तथा बालबालिकाहरुको हकहित र अधिकारका पक्षमा संचालित कार्यक्रमहरुलाई अभियानात्मक रुपमा अगाडी बढाउनुपर्ने उपप्रमख थापाले भनाई राखेका थिए । छेडागाड नगरपालिकालाई महिलामैत्री बालमैत्री बनाउन आफुहरु लागि परेको उपप्रमुख थापाले बताएका थिए ।

प्रतिकृया दिनुहोस्