News Portal

भेरीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

२५९ पटक

जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, वडा कार्यालय, पाँचतारा युवा संरक्षक मंच, वल्डभिजन, वडा स्तरीय महिला संजाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र यार्सन जाजरकोटको आयोजनामा नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको हो ।

‘लैङ्गिक समानतका लागि बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय मुल नारा सहित मनाएको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बाल बिबाह न्यूनीकरण सम्बन्धी “पछुतो” शिर्षकको सडक नाटक, बक्तित्वकला, लोक गीत प्रतियोगिता, नृत्य प्रस्तुतसंगै वादविवाद जस्ता कार्यक्रमको आयोजना गरेर ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको थियो ।

भेरी नगरपालिका–९ कालाभुरमा प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरिएको थियो भने, जिल्ला समन्वय प्रमुख काली बहादुर खत्रीको प्रमुख आथित्यतामा जिल्ला सदरमुकाम खलंगामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले उद्यमशिलता तथा सृजनशिलता मार्फत महिलाहरू आर्थिक विकासमा लाग्नुपर्ने भनाई राखेका थिए । प्रभातफेरीसंगै विभिन्न प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका प्रतियोगीहरुलाई विभिन्न पुरस्कार वितरण तथा हस्तान्तरण गरेर दिवसिय कार्यक्रम मनाईएको तथा सम्पन्न गरिएको थियो ।

हरेक वर्ष ८ मार्चका दिन उक्त दिवस मनाउने गरिएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्